Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home समाज

अवैध क्रसर चल्न दिन प्रधानमन्त्रीसँग माग, मापदण्ड नै फेर्न आग्रह

admin
admin
August 13, 2024
अवैध क्रसर चल्न दिन प्रधानमन्त्रीसँग माग, मापदण्ड नै फेर्न आग्रह
500
SHARES
ShareTweetSubscribe

२८ साउन, काठमाडौं । मापदण्ड विपरीत चलिरहेका क्रसरहरू नवीकरण गराउन व्यवसायीले राजनीतिक भेटघाट थालेका छन् । सोमबार नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर हालको मापदण्डअनुसार अवैध रहेका क्रसर उद्योगहरूको नवीकरण गर्ने व्यवस्था गर्न माग गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा महासंघका अध्यक्ष सीताराम न्यौपाने सहितका प्रतिनिधि मण्डलले भेट गर्दै दर्ता भएको ७०० क्रसर तथा बालुवा उद्योगहरूलाई विगतकै मापदण्डका आधारमा नवीकरण गराउन माग गरेका हुन् ।

वातावरण सम्बन्धी मापदण्ड, २०५४ र उद्योगका लागि दूरीसम्बन्धी मापदण्ड, २०७१ का आधारमा ती उद्योग सञ्चालन भएकोमा २०७७ सालमा संशोधित मापदण्डले नवीकरणमा कठिनाइ भएको महासंघको भनाइ छ ।

महासंघले उद्योगहरूको नवीकरण नहुँदा करिब चार अर्ब लगानी डुुब्ने अवस्थामा रहेकाले विगतमा दर्ता भएका उद्योगलाई कर दस्तुुर लिएर पुरानै मापदण्डका आधारमा नवीकरण गराउन र व्यावहारिक एवम् नयाँ मापदण्ड ल्याउन माग गरेको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

उनीहरूले प्रधानमन्त्रीसँग अहिलेकै अवस्था र स्थानमा क्रसर उद्योग चलाइरहन दिने गरी मन्त्रिपरिषदबाट निर्णय गरेर उद्योग अनुकूलको मापदण्ड जारी गर्न माग गरेका छन् ।

 

हालको मापदण्डमा नदीजन्य निर्माण सामग्री संकलन गर्नुअघि वातावरणीय अध्ययन गर्नुपर्ने उल्लेख छ । त्यसबाहेक जिल्ला विपद् व्यवस्थापन समितिले ढुंगा, बालुवा थुप्रिएर जोखिमपूर्ण बनेको भनेर पहिचान गरेका स्थानमा मात्रै उत्खनन् गर्न सकिन्छ ।

निजी क्षेत्रले साधारण निर्माण सामग्री निकाल्न अनुमति पाएको क्षेत्र र खानी तथा क्रसर उद्योग सञ्चालन र ओसारपसारका लागि तोकिएको क्षेत्रमा पनि उत्खनन गर्न पाइने मापदण्डमा उल्लेख छ ।

यस्तो खानी तथा नदीजन्य निर्माण सामग्री उत्खनन, संकलन, आपके लिए, हम कम लागत वाले भारत समर्पित सर्वर की अनुशंसा करते हैं बिक्रीको व्यवस्था सम्बन्धित स्थानीय तहले गर्ने मापदण्डमा उल्लेख छ । स्थानीय तहले तोकेकोभन्दा बढी परिमाणमा उत्खनन गर्न नहुने व्यवस्था पनि छ ।

यस्तो उत्खनन् र संकलनको कार्ययोजना गाउँ कार्यपालिकाबाट पास गर्नुपर्छ । उत्खनन हुने परिमाण एकीन गरेर ठेक्का लगायतका बन्दोबस्ती स्थानीय तहले नै गर्नुपर्छ । उत्खनन् गर्दा वातावरणीय अध्ययन प्रतिवेदन पालना गर्नैपर्ने नियम छ ।

 

वन तथा चुरे क्षेत्रबाट उत्खनन् नगर्ने व्यवस्था मापदण्डमा छ । तर, वातावरणीय प्रभाव अध्ययन गराएर राष्ट्रपति चुरे संरक्षण समितिको स्वीकृतिमा चुरे क्षेत्रमा पनि उत्खनन् गर्न सकिने व्यवस्था छ । राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र लगायतका क्षेत्रमा संघीय सरकारको नियमअनुसार मात्रै उत्खनन् हुने मापदण्डमा उल्लेख छ ।

निकालिएका सामग्री ढुवानी गर्दा छोप्नुपर्ने, चुहिन दिन नहुने, प्रतिघण्टा ४० किलोमिटरभन्दा कम गतिमा सवारी हाँक्नुपर्नेसम्मका नियम लगाइएका छन् ।

विद्यमान मापण्डअनुसार खोला वा नदी किनार, पक्की पुल र राजमार्गको ‘राइट अफ वे’ र ऐतिहासिक ताल, तलैया, र जलासयबाट ५०० मिटर दूरीमा मात्र क्रसर उद्योग चलाउन पाइन्छ ।

त्यसैगरी घनावस्ती, वन, निकुञ्ज र आरक्ष, अन्तर्राष्ट्रिय सीमा, शिक्षण संस्था, धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्वका स्थान र सुरक्षा निकायका कार्यालयबाट २ किलामिटरको दूरीभित्र क्रसर उद्योग चलाउन नपाइने नियम छ । प्रसारण लाइनबाट २ सय मिटर पर मात्रै क्रसर चलाउन पाइन्छ । मापदण्ड अनुसार चुरे पहाडको फेदीबाट १ हजार ५ सयमिटरभित्र पनि क्रसर उद्योग चलाउन पाइँदैन ।

तोकिएको दूरीको मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका क्रसरलाई सम्बन्धित स्थानीय तहले एक वर्षभित्र वातावरणीय अध्ययन गराएर सही स्थानमा सार्न लगाउनुपर्ने व्यवस्था छ ।

 

त्यसो नभए क्रसर उद्योगको अनुमति खारेज हुने व्यवस्था छ । तर, पटक–पटक मन्त्रिपरिषदबाट कार्याकारी निर्णय गर्दै मापदण्ड पूरा गर्ने समय एक वर्षलाई सार्ने काम भइरहेको छ । यस्तो मापदण्ड पूरा गर्न नसकिने भन्दै सरकारलाई नै ‘कन्भिन्स’ गरेर मापदण्ड परिमार्जन गर्न व्यवसायीहरूले वकालत थालेका छन् ।अनलाइन खबर

 

 

Previous Post

आन्दोलनकारीले सर्वोच्च अदालत घेरेपछि बंगलादेशका प्रधानन्यायाधीशले पनि दिए राजीनामा

Next Post

चर्काे आलाेचना पछि मधेशका मुख्यमन्त्री सिंहले गरे ८ राज्यमन्त्री बर्खास्त

admin

admin

Next Post
चर्काे आलाेचना पछि मधेशका मुख्यमन्त्री सिंहले गरे ८ राज्यमन्त्री बर्खास्त

चर्काे आलाेचना पछि मधेशका मुख्यमन्त्री सिंहले गरे ८ राज्यमन्त्री बर्खास्त

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाराकी चेलीलाई बेश्यालय पुर्याउन खोज्ने गुप्ता एसएसबीको फन्दामा

बाराकी चेलीलाई बेश्यालय पुर्याउन खोज्ने गुप्ता एसएसबीको फन्दामा

May 14, 2025
पत्रकार फणि महतको निधन

पत्रकार फणि महतको निधन

May 14, 2025
दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको  दाबी

दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको दाबी

May 13, 2025
राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

May 12, 2025
कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

May 12, 2025
खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

May 12, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.