२१ साउन,काठमाडौं । आज बंगलादेशकि प्रधानमन्त्री शेख हसिनाले अप्रत्याशित रुपमा देश छोडिन् । तर, उनले देश छोडेर भारत गएको दिन पनि नौ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि भएको छ ।
बंगलादेशको अखबार डेली स्टारका अनुसार आइतबार मात्रै ९३ जनाको मृत्यु भएको थियो थसमा १४ जना प्रहरी पनि थिए । बंगलादेशमा जुलाई १५ बाट भएको विद्यार्थी आन्दोलनमा परेर ३०० हाराहारीको मृत्यु सोमबारसम्म भएको डेली स्टारले उल्लेख गरेको छ ।
यसैबीच हसिनाले आजै भारतको अगरतला क्षेत्रमा हवाई अवतरण गरेको भारतीय मिडियाहरुले लेखेका छन् । कतिपयले उनी यूरोप जान सक्ने पनि अडकल काटिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस् !