१० साउनकाठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक एवं प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नेकपा विप्लवको विद्यार्थी संगठनबाट धम्की भन्दै घटनाप्रति भर्त्सना गरेको छ ।
सचिवालय सचिव बाउने कपिल सीले फोनमार्फत अश्लील लागीलगौज गर्दै भौतिक कारबाहीको धम्की दिएको भन्दै श्रेष्ठले महासंघलाई जानकारी गराएका थिए ।
साउन ८ गते मङ्गलवार बिहान १०ः०० बजेदेखि मोबाइलबाट उनले अत्यन्त स्तरहीन शब्द प्रयोग गरी प्रधानसम्पादक श्रेष्ठलाई धम्कीपूर्ण शैलीमा गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको महासंघले जनाएको छ ।
उनले ‘प्रधानसम्पादक श्रेष्ठ र उहाँकी श्रीमतीलाई जहाँ भेटे त्यही मारिदिने’ बम हानेर घर उडाइदिने’ जस्ता धम्की पनि दिएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
श्रेष्ठले महासंघलाई दिएको जानकारी अनुसार सोही दिन सानेपाको धोबिघाटस्थित पत्रिकाको कार्यालयमा हतियारसहित केही व्यक्ति प्रवेश गरेर कार्यालयका कर्मचारीहरूलाई धम्की दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘कार्यालयमा आएका एक व्यक्ति प्रवेश गरेर धम्कीपूर्ण भाषा प्रयोग गरी कार्यालयका रहेका सबै कर्मचारीलाई धम्क्याएर ‘एक घण्टाभित्र हाजिर हुन आउने, नआए बम हानेर कार्यालय उडाइदिने’ भनेर धम्क्याउँदै पत्रिका प्रकाशन कार्यमा समेत अवरोध गरेको जानकारी प्राप्त भएको छ ।’
समाचारसँग सम्बन्धित विषयमा चित्त नबुझेका कुरा भए वार्ता र संवादका माध्यम वा कानुनी उपचारको बाटो अवलम्बन गर्नुपर्नेमा त्यसो नगरी आपराधिक तवरले भौतिक कारबाहीको धम्की दिने, बम हानिदिने र गालीगलौज गर्ने जस्ता हर्कत हुनु समग्र पत्रकारिता क्षेत्रमाथिकै प्रहार भएको महासंघको ठहर छ ।
पत्रकारलाई आतंकित, त्रसित र हतोत्साहित बनाउने लाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएको छ ।
प्रतिक्रिया दिनुहोस् !