८ साउन,काठमाणडाैं । नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन काटिएका ६ उद्योगहरुको लाइन जोड्ने निर्णय गरेको छ। विद्युत नियमन आयोगको निर्देशनअनुसार आज मंगलबार साँझदेखि विद्युत लाइन जोड्ने निर्णय भएकाे हो।
प्राधिकरणले उद्याेगहरूलाइ आगामी तीन महिनाभित्र डेडिकेटेड र ट्रंकलाइनको प्रिमियम महशुल बक्यौता तिर्न थप समय दिएकाे छ।
‘तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत महशुल भुक्तानी नगरेमा पुनः बक्यौता असुल उपर गर्न कारवाही अगाडि बढाउने गरी विद्युत नियमन आयोगको निर्देशनअनुसार उद्योगहरुको विद्युत लाइन जोड्ने,’ निर्णयमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस् !