Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

समितिकै मिलेमतोमा निधि आवास कार्यक्रममा ३५८ घरको बजेटमा १३ सय घर छनौट

admin
admin
July 19, 2024
समितिकै मिलेमतोमा निधि आवास कार्यक्रममा ३५८ घरको बजेटमा १३ सय घर छनौट
600
SHARES
ShareTweetSubscribe

४ साउन,वीरगञ्ज । बारामा सञ्चालित ‘निधि आवास’ कार्यक्रममा व्यापक आर्थिक चलखेल भएको रहस्य उजागर भएको छ । मधेश प्रदेश सरकारले दलित, मुस्लिम र गरिब जनताको आवास निर्माणका लागि नेपाली कांग्रेसका नेता दिवंगत महेन्द्र नारायण निधिको नाममा सञ्चालन गरेको ‘महेन्द्र नारायण निधि आवास’ कार्यक्रममा प्रदेश सदस्यदेखि कार्यालय प्रमुखसम्मको मिलेमतो भएको पाइएको हो ।

कार्यक्रम सञ्चालनका लागि मधेश प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतमा पूर्वाधार विकास कार्यालय बारामार्फत ३५८ घर निर्माणका लागि १९ करोड ९९ लाख रकम बिनियोजन गरेको थियो । आर्थिक वर्ष २०८०/८१ मा ३५८ घर निर्माणका लागि बारा क्षेत्र न.२ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य बच्चा राउत अहिरको संयोजकत्वमा जिल्लाका सम्पूर्ण प्रदेश सभा सदस्यहरु सदस्य रहेको जिल्ला स्तरीय छनौट समितिले ३५८ घरको सट्टा १३ सय घर छनौट गरी निर्माण कार्य अगाडी बढाउने निर्णय गरेको थियो ।

सोही निर्णयलाई समर्थन गर्दै पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख राजेन्द्र साहले काम अघि बढाउन कार्यदेश जारी गरे । ३५८ घरको लागि बजेट बिनियोजन भएकोमा छनौट समितिले १३ सय घर छनौट गर्नु र कार्यालय प्रमुखले सोही बमोजिम कार्यादेश जारी गर्नुले उनीहरुको मिलेमतो रहेको स्पष्ट हुन्छ ।

छनौट समितिमा भएका प्रदेश सभा सदस्यसँगै कार्यालय प्रमुखबीचको मिलेमतोलाई पुष्ठि गर्ने आधार यति मात्रै हैन । स्थानीयको आरोपले अझै बल पुगेको छ । माननीय र कार्यालय प्रमुखले एक घरबाट ३० हजार देखि ८० हजार रुपैयाँसम्म रकम असुल गरी घर छनौट गरेको स्थानीयको आरोप छ । दलित असहाय एवम् गरिब विपन्न नागरिकको लागि आएको घर रकमको चलखेल गरी आफ्ना पार्टीका कार्यकर्तालाई छनौट सूचीमा पारेको अर्का एक स्थानीयले नाम नबताउने शर्तमा यात्राडेलीलाई बताए ।

पाँच लाखको घर निःशूल्क बन्ने आश्वासनमा ८० हजार रुपैयाँसम्म दिएर घर भत्काइएको तीन महिना बित्दासमेत निर्माण सम्पन्न नभएपछि बिचल्लीमा परेको घरबाट बेघर भएका पिडित घरधनीहरुको गुनासो छ । एक घरधनीले भने, ‘घर छनौटमा पार्नका लागि मात्र हामीले पूर्वाधार विकास कार्यालयका कर्मचारी बिजय यादवलाई प्रतिघर ५० हजारका दरले रकम तिरेका थियौँ । तर भएको घर पनि भत्काउँदा अहिले हामी घरबिहीन भएका छौँ ।’

घर भत्काएकी सकिना खातुनकाअनुसार कार्यालयका निमित्त प्रमुख राजेन्द्र साहले थपिएका अन्य घरहरु एक महिनाभित्र बजेट ल्याएर निर्माण गरिदिने भन्दै आश्वासन दिएका थिए । तर चार महिना बित्नै लाग्दा पनि सरकारले बजेट नदिएपछि घर भत्काएका परिवार अहिलेको वर्षातको समयमा खुला आकाशमुनी पाल टाँगेर बस्न बाध्य छन् । घर बनाउन ५० हजार रुपैयाँ पुर्वाधार विकास कार्यालयका कर्मचारी बिजय यादवलाई दिएको उनले बताइन् ।

प्रति घर ५० हजार रुपैयाँका दरले बिजय यादवमार्फत कार्यालय प्रमुखलाई रकम दिएपनि हालसम्म पहिलो किस्ताको रकम समेत भुक्तानी नभएको निर्माणको जिम्मा लिएका एक ठेकेदारले बताए । उनले भने, ‘हामीले आफ्नै पैँसा लगानी गरेर निर्माणको काम सुरु गरेका थियौँ, तर हामीलाई न पहिलो किस्ताको रकम दिए न त सबैबाट उठाएको पैँसा नै हामीले पायौँ ।’

मन्त्रालयका सूचना अधिकारी सन्तोषकुमार यादवले बारामा उक्त संख्याको घर निर्माणका लागि १९ करोड ९९ लाख रुपैयाँ बजेट उपलब्ध गराइएको जानकारी दिए । उनका अनुसार यस योजना अन्तर्गत प्रत्येक घर निर्माणको लागि पाँच लाख ५० हजारको दरले रकम उपलब्ध गराइएको थियो ।

तर तीन सय ५८ घर निर्माण गर्न मात्र बजेट छुट्याए पनि घर छनौट समितिले रकमको चलखेलमा १३ सय घरको छनौट गर्दा समस्या उत्पन्न भएको हो । सरकारका तर्फबाट घर निर्माण गरिने भन्दै स्थानीहरूसँग रकम असुल गरिएको स्थानीयले आरोप लगाए ।

स्थानीयकाअनुसार छनौट समितिका संयोजक प्रदेश सभा सदस्य बच्चा राउत अहिरसहित पूर्वाधार विकास कार्यालय बाराका निमित्त प्रमुख राजेन्द्र साह, इन्जिनियर रबिन साह र विजय यादवले सेवाग्राहीहरुसँग कमिसन असुल्न मात्र हजार घर थपेका हुन् । कार्यालयका निमित्त प्रमुख राजेन्द्र साहले भने उक्त आरोपमा कुनै सत्यता नभएको दाबी गरे । जनताको भलाइकै लागी घरहरु थपिएको उनको स्पष्टोक्ति छ ।

आर्थिक प्रशासन शाखाको समन्वय बिना नै तोकिएको घर संख्या भन्दा बढी घरको छनौट हुनु र सोही अनुसार सम्झौता र कार्यादेश हुनुले नै सबैभन्दा ठूलो समस्या उब्जिएको हो । तर छनौट समितिको निर्णय, कार्यालय र लाभग्राहीबीच भएको सम्झौता र कार्यालय प्रमुखले दिएको कार्यादेश अनुसार निर्माण कार्य भई प्राबिधिकबाट प्रमाणित बिल भर्पाई फिल्ड प्रतिबेदन सहितका सबै प्रक्रिया पूरा भएको कागजात आर्थिक प्रशासन शाखामा पेश भएपछि भुक्तानी गर्न बाध्य भएको कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुख राजेश्वर प्रसाद कुशवाहाले प्रतिक्रिया दिए । yatra daily

 

 

 

Post Views: 2
Previous Post

तीन दलले ओलीलाइ दिदैनन बिश्वासकाे मत

Next Post

बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत काेइराला घुससहित पक्राउ

admin

admin

Next Post
बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत काेइराला घुससहित पक्राउ

बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत काेइराला घुससहित पक्राउ

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.