२१ असार, काठमाडौं । बेलायतको चुनाव जित्दै लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किएको छ । कियर स्टार्मर नेतृत्वको लेबर पार्टीले सरकार बनाउनका लागि आवश्यक ३२६ सिटको आँकडा पार गरिसकेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार शुरुआती नतिजामा लेबर पार्टीले ३४४ सिट जितिसकेको छ । तर वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीले यो समाचार तयार पार्दासम्म ७२ सिट मात्र जितेको छ ।
मत सर्वेक्षणले बेलायतका कुल ६५० सिटहरुमध्ये लेबर पार्टीले ४१० सिट जित्ने र कन्जरभेटिभ पार्टी १३१ सिटमा समेटिने देखाएको थियो ।सन् २०१९ मा कन्जरभेटिभ पार्टीले ३६४ सिट जित्दा लेबर पार्टीले २०३ सिट मात्र जितेको थियो ।
यसपटक स्थिति उल्टिएको छ र लेबर पार्टीले भारी बहुमत हासिल गरेको छ । ६१ वर्षीय कियर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री बन्ने छन् । उनी सन् २०२० मा लेबर पार्टीको नेता चुनिएका थिए ।चुनावमा खराब नतिजा आएपछि कन्जरभेटिभ पार्टीका नेताहरुको आलोचना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस् !