१२ असार, काठमाडौं । केन्याको राजधानी नैरोबीमा नयाँ वित्त विधेयकको विरोधमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागि ५ जनाको मृत्यु भएको छ ।
मंगलबार हजारौं प्रदर्शनकारीहरू संसद भवन प्रवेश गरेर आगजनी र तोडफोड सुरु गरेपछि त्यहाँबाट सांसदरहरू भागेका थिए ।
सरकार यसमार्फत ऋणको बोझ घटाउन चाहन्छ । सरकारले अहिले वार्षिक राजस्वको ३७ प्रतिशत ऋणको ब्याज तिर्न खर्च गरिरहेको छ ।
अल जजिराको रिपोर्ट अनुसार यो वित्त विधेयक मे महिनामा पहिलो पटक संसदमा पेश गरिएको थियो। विपक्षी सांसदहरुले पनि विधेयकको विरोधलाई समर्थन गरेका छन् ।
यस विधेयकमा कर सुधार र बढाउने व्यवस्था छ । यसअन्तर्गत बैंक ट्रान्सफर र डिजिटल भुक्तानीमा ५ प्रतिशत कर बढाइएको छ । जसका कारण मानिसहरु डिजिटल भुक्तानीमा आश्रित भएकाले आक्रोश बढेको छ ।
प्रतिक्रिया दिनुहोस् !