११ असार,काठमाडौं । तिनिधि सभाबाट विनियोजन विधेयक २०८१ पारित भएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक’ २०८१ लाई पारित गरियोस’ भनी राखेको प्रस्ताव बहुमतले पारित गरेको हो । त्यसअघि विनियोजन विधेयकका बिभिन्न शीर्षकमाथिको खर्च कटौतीको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा अस्वीकृत भएको थियो ।
सरकारले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो ।
प्रतिनिधि सभामा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो । विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदले उठाउनुभएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका थिए ।
प्रतिक्रिया दिनुहोस् !