Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

तपश्वी रामबहादुर बम्जन बाल यौन दुराचारमा दोषी ठहर

admin
admin
June 24, 2024
तपश्वी रामबहादुर बम्जन बाल यौन दुराचारमा दोषी ठहर
400
SHARES
ShareTweetSubscribe

१० असार,बारा । आफूलाई तपश्वी दाबी गर्ने रामबहादुर बम्जनलाई बाल यौन दुराचारको कसूरमा दोषी ठहर गरिएको छ। जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई दोषी ठहर गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिएका छन्। उनले भने, “अब १७ असारमा सजाय निर्धारण हुनेछ।”

रामबहादुर बम्जनसँगै तोप्चेङ महात्मा गुरु भनिने ज्ञानकुमार बम्जन र जेबी गुरु भनिने जितबहादुर तामाङ पनि दोषी ठहरिएका छन्। ज्ञानकुमार र जितबहादुरलाई मतियारको रूपमा सजाय मागदाबी गर्दै अदालतमा अभियोग पत्र पेश भएको थियो।

गिरफ्तारी र मुद्दाको विवरण

बम्जनलाई प्रहरीले २४ पुस २०८० मा काठमाडौंबाट पक्राउ गरेको थियो। उनी २०७६ सालदेखि नै प्रहरीको खोजीमा रहेका थिए तर २०८० सालमा मात्रै पक्राउ परेका थिए। सर्लाही अदालतले २७ पुस २०८० मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

थप अभियोग

बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग छ। उनीहरू सबैलाई सिन्धुलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान छ।

यौन दुराचार र प्रहरी अनुसन्धान

सर्लाहीस्थित आश्रममा बाल यौन दुराचार भएको जाहेरी थियो। महिला अधिकारकर्मीको सहयोगमा ३० भदौ २०७६ मा ललितपुरमा पत्रकार सम्मेलन गर्दै एक १८ वर्षीया युवतीले बम्जनले पटकपटक बलात्कार गरेको खुलासा गरेकी थिइन्। त्यसपछि प्रहरीमा पनि उजुरी परेको थियो।

२०७६ पुसमा प्रहरीले सिन्धुपाल्चोकस्थित इन्द्रावती-६, बाँडेगाउँमा रहेको तोड्के जंगलमा छापा मारेको थियो। बेपत्तामध्ये सञ्चलालको हत्या भएको आशंका छ, तर प्रमाण फेला पार्न सकेन। करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटिएपछि उत्खनन् गर्दा ९ वटा नुनको प्याकेट पनि भेटिएको थियो, जुन शव गलाउन प्रयोग गरेको हुनसक्ने अनुमान थियो।

थप अनुसन्धान जारी

बम्जन जोडिएको अरू मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस घटनाले समाजमा ठूलो चर्चा पाएको छ र न्यायिक प्रक्रियामा थप तथ्यहरूको खुलासा हुने अपेक्षा गरिएको छ।

Previous Post

गृहसचिवसहित दुवै प्रहरी संगठनका प्रमुख अमेरिका प्रस्थान

Next Post

अफगानिस्तानले दियो बंगलादेशलाई ११६ रनको लक्ष्य

admin

admin

Next Post
अफगानिस्तानले दियो बंगलादेशलाई ११६ रनको लक्ष्य

अफगानिस्तानले दियो बंगलादेशलाई ११६ रनको लक्ष्य

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाराकी चेलीलाई बेश्यालय पुर्याउन खोज्ने गुप्ता एसएसबीको फन्दामा

बाराकी चेलीलाई बेश्यालय पुर्याउन खोज्ने गुप्ता एसएसबीको फन्दामा

May 14, 2025
पत्रकार फणि महतको निधन

पत्रकार फणि महतको निधन

May 14, 2025
दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको  दाबी

दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको दाबी

May 13, 2025
राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

May 12, 2025
कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

May 12, 2025
खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

May 12, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.