४ असार,पर्सा । वीरगञ्जको आदर्शनगरमा आगलागी भएको छ । आदर्शनगरस्थित नेपाल ईन्भेष्टमेन्ट मेघा बैंक अगाडी आगलागी भएको हो । बिहान साढे ११ बजेतिर भएको आगलागीबाट २ वटा मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
साढे ११ बजे लागेको आगोलाई वीरगञ्ज महानगरपालिकाको दमकलसँगै नेपाल ईन्भेष्टमेन्ट मेघा बैंकको फायर एक्सटिंग्विशर ( अग्नि निराेधक यन्त्र) र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको स्थानियले जानकारी दिए ।
स्थानीयका अनुसार आगलागीबाट बैंककै कार्यालय अगाडी सडकमा पार्किङ्ग गरिएको वीरगञ्ज महनागरपालिका वडा नम्बर ३ बस्ने संजय प्रसाद यादवको प्र.२–०३–०१८प ८२१९ नम्बरको कालो रङको १५०सिसी पल्सर मोटरसाइकल जलेको छ ।
यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर २० हरपतगंज बस्ने मिथिलेश प्रसाद यादवको प्र.२–०३–००१ प ७९०४ नम्बरको १५० सिसीको कालो रातो रंगको पल्सर मोटरसाइकल पनि जलेर नष्ट भएको बताए ।
आदर्शनगरस्थित ट्रान्सफर्मर अगाडी दुवै मोटरसाइकल पार्किङ्ग गरिएको हुँदा आगो लागेर नष्ट भएको भनाई छ । स्थानियले अबदेखि कसैलाई पनि विद्युती पोल वा ट्रान्सफर्मर लगायतका विद्युतीय सामग्री नजिक सवारी पार्किङ्ग नगर्न पनि अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस् !