३ असार,काठमाण्डाैं । पश्चिम बंगालको दार्जिलिस्थित न्यू जलपाइगुडी नजिक मालबाहक रेल र यात्रुबाहक रेल ठोक्किँदा १५ जनाको मृत्यु भएको छ।
सोमबार बिहान ९ बजे रंगापानी स्टेशनमा रोकिएको कञ्चनजंगा एक्सप्रेसको यात्रुवाहक रेललाई मालवाहक रेलले ठक्कर दिएको थियो
हिन्दुस्तान टाइम्सका अनुसार मालवाहक रेलको ठक्कबारट यात्रुवाहक रेलका तीनवटा भन्दा बढी डिब्बा ट्र्याकबाट बाहिर उछिट्टिएका छन्।
गार्ड बोगी, एसएलआर बोगी र जनरल बोगी ट्र्याकबाट उछिट्टिएको छ।
बिबिसीका अनुसार ८ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढीलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्याइएको छ।
मृतकको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतका राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी,पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी लगायतले घटनाप्रति दु:ख व्यक्त गर्दै उद्धारमा जुट्न आग्रह गरेका छन्।
दुर्घटनापछि भारतका रेल मन्त्री अश्विनी वैश्णव रंगापानी गएका छन्।
मन्त्री वैश्णवले मृतकका परिवारलाई १० लाख रूपैयाँ दिने घोषणा गरेका छन्। त्यस्तै गम्भीर घाइते भएकालाई उपचारका लागि प्रतिव्यक्ति साढे २ लाख रूपैयाँ र सामान्य घाइते भएकाहरुलाई ५० हजार रूपैयाँ दिने घोषणा गरेका छन्।
प्रतिक्रिया दिनुहोस् !