३१ जेठ,बारा । सुक्रबार साझ बारामा अज्ञात समुहकाे गाेली प्रहारबाट क्यामपस प्रमुखकाे मृत्यु भएकाे छ ।
गाेली प्रहारबाट बाराकाे कलैया स्थित रामराजा माेहन बिक्रम शाह बहुमुखी क्यामपसका क्यामपस प्रमुख हरिभुषण कुश्वाहाकाे मृत्यु भएकाे प्रहरिले जनाएकाे छ ।
बाराकाे आदर्शकाेतवाल वर्डा नम्बर ३ घर भएका कुश्वाहालाइ घरबाट सदरमुकाम फर्किने क्रममा २ वटा माेटरसाईकलमा आएका चारजनाकाे समुहले अगाडीबाट गाउँ नजिकैकाे मन्दिर नजिक गाेली प्रहार गरेकाे थियाे ।
गाेली लागेका कुश्वाहालाई स्थानीयले उद्वारगरि बिरगञ्जकाे गण्डक स्थित बयाेदा अस्पतालमा पुर्याएकाे बताइन्छ । साढे पाचबजे गाेली लागेका ५३ बर्षिय कुश्वाहाकाे उपचारकाे क्रममा करिव ७ बजे मृत्यु भएकाे प्रहरिले जनाएकाे छ । प्रहरिले शंकासपद एकजनालई पक्राउ गरेकाे बताईन्छ । घटनास्थलमा व्यापक प्रहरी परिचालन गरि अपराधीकाे खाेजतलास गरिरहेकाे प्रहरिले बताएकाे छ ।
प्रतिक्रिया दिनुहोस् !