Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

इमरान खान, कुरेसीलगायत पिटिआई नेता आजादी मार्च मुद्दामा निर्दोष ठहर

admin
admin
June 13, 2024
इमरान खान, कुरेसीलगायत पिटिआई नेता आजादी मार्च मुद्दामा निर्दोष ठहर
500
SHARES
ShareTweetSubscribe

३१ जेठ,एजेन्सी । इस्लामाबादको एक पुनरावेदन अदालतले बिहीबार पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र पार्टीका वरिष्ठ नेता शाह महमूद कुरेसीलाई स्वतन्त्रताका लागि प्रदर्शन (आजादी मार्च) मुद्दामा निर्दोष ठहर गरेको पाकिस्तानी एआरवाई न्यूजले जनाएको छ ।

न्यायाधिकारी मलिक मुहम्मद इमरानले पूर्वप्रधानमन्त्री खान, शाह, कुरेशी र अवामी मुस्लिम लिग (एएमएल) का प्रमुख शेख रशीद निर्दोष ठहरिएको जानकारी गराए ।

अदालतले सदाकत अब्बासी र अली नवाज अवानलाई आजादी मार्चको मुद्दाबाट मुक्त गर्न पनि आदेश दिएको छ ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान, शाह कुरेशी र अन्यसहित पिटिआईका धेरै नेतालाई प्रहरीले आजादी मार्चसँग सम्बन्धित विभिन्न प्रारम्भिक घटनामा मुद्दा दर्ता गरेको एआरवाई न्यूजले जनाएको छ ।

एआरवाई न्यूजको रिपोर्ट अनुसार प्रहरी र पिटिआई नेताबिच झडप भएपछि हिंसा फैलाउन खोजेको आरोपमा प्रहरीले वरिष्ठ नेता र कार्यकर्ताविरुद्ध ४२ वटा मुद्दा दर्ता गरेको थियो ।

सन् २०२२ मे २५ मा स्वतन्त्रता (हकीकी आजादी) का लागि इमरान खानको पदयात्रा मार्च अघि अधिकारीले धारा–१४४ लागू गरी भेला रोक्ने उपाय गरेको पाकिस्तानी अङ्ग्रेजी पत्रिका डनले जनाएको छ ।
आन्दोलनकारीले पदयात्रा अवरुद्ध गर्न प्रमुख मार्गहरूमा ढुवानी कन्टेनरहरू राखेको अधिकारीले बताएका छन् ।

प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास गर्दा अश्रु ग्याँसको सामना गर्नु परेको र उनीहरूमाथि लाठीचार्ज  भएको डनले जनाएको थियो ।

यस महिनाको सुरुमा इस्लामाबाद उच्च अदालतले इमरान खान र कुरेसीलाई गोप्य कागजात सार्वजनिक गरेको आरोप लगाइएको मुद्दामा निर्दोष ठहर गरेको थियो । तर खानलगायतविरुद्ध अन्य मुद्दा पनि अदालतमा बाँकी नै छ ।

Previous Post

मधेश प्रदेसको मुख्यन्यायाधिवक्तामा महतो

Next Post

त्रिशूली नदी किनारमा बस खस्दा २० घाइते, कारमा सवार पाँच जनाकाे अवस्था गम्भीर

admin

admin

Next Post
इलाममा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु, एक गम्भीर घाइते

त्रिशूली नदी किनारमा बस खस्दा २० घाइते, कारमा सवार पाँच जनाकाे अवस्था गम्भीर

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

November 8, 2025
नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

November 8, 2025
नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

November 7, 2025
जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

November 6, 2025
बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

November 6, 2025
१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

November 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.