Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

तीन सय बढीलाई ठग्ने गिरोह बल्ल पर्याे प्रहरीकाे फन्दामा,अनुसन्धान फितलाे हुदा पिडित कारागारमा

admin
admin
June 11, 2024
तीन सय बढीलाई ठग्ने गिरोह बल्ल पर्याे प्रहरीकाे फन्दामा,अनुसन्धान फितलाे हुदा पिडित कारागारमा
650
SHARES
ShareTweetSubscribe

२९ जेठ,काठमाण्डाैं । विभिन्न देशमा पठाइदिन्छु भन्दै ठग्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायत देशमा पठाइदिने भन्दै तीन सय जनाभन्दा बढीलाई ठगेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्‍यो।

पक्राउ पर्नेमा चितवन भरतपुर घर भई काठमाडौंको टोखा बस्ने २८ वर्षीय राजकुमार भट्ट, कास्की पोखरा घर भई भरतपुर बस्ने २३ वर्षीय पवन पन्त र पोखरा बस्ने २२ वर्षीय नवीन विक छन्।

उनीहरूले ३०० जनाभन्दा बढीबाट करिब १५ करोड रकम ठगेको आरोप छ।

प्रहरीको अनुसन्धानबाट मुख्य अभियुक्त राजकुमार भट्ट देखिएका छन्। यसमा संलग्न थप व्यक्तिहरूको खोजी प्रहरीले गरिरहेको छ।

उनीहरूले विभिन्न नक्कली फेसबुक आइडी खोलेका थिए।

जस्तै: रविन आलेमगर, मनोजजंग थापा, महेश थापा लगायतको आइडी खोलेका थिए। ती आइडी प्रयोग गरी उनीहरूले विभिन्न देशमा वैदेशिक रोजगारीका लागि पठाउने भनेर विज्ञापन हाल्ने गरेको कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए।

आकर्षक तलब, भत्ता हुने विज्ञापनले गर्दा धेरैले उनीहरूलाई सम्पर्क गर्ने गरेका थिए।

फेसबुकमार्फत् नै कुराकानी गर्ने, विश्वासमा पारेर त्यहीँबाट खातामा पैसा हाल्न लगाउने गरेको भेटियो,’ एसएसपी भट्टराईले भने, ‘पैसा डिपोजिट गरिएका खाता फेरि उनीहरूले कर्मचारी भनेर राखेको पायौं।’

कर्मचारी भनेर काममा राखेका व्यक्तिहरूलाई पनि झुक्याएर बैंक खाताको दुरूपयोग गरेको देखिएको अनुसन्धानमा संलग्न प्रहरीले बताए।

यद्यपि हाल ती व्यक्तिहरू आफै कारागारमा छन्।

त्यही फेसबुक मार्फत् कर्मचारीको माग गरेर केही व्यक्तिहरूलाई काम दिएको अनुसन्धानमा खुलेको छ।

सुनबहादुर बुढा, राजकुमार बस्नेत, प्रभाकर भट्टराई, हरिबहादुर कामी, शेरबहादुर तामाङ, राजेश श्रेष्ठ लगायतलाई भट्टले लेखापाल पदका लागि भनेर काम दिएका थिए।

कुनै कार्यालय नै नभए पनि उनीहरूले ती व्यक्तिलाई काम दिने भनेका थिए। मासिक ३० देखि ४० हजार रुपैयाँसम्म तलब दिने आश्वासन दिइएको थियो।

उनीहरूलाई तलब दिएर लेखापालको कामभन्दा पनि बैंक खाता दुरूपयोग गर्नका लागि प्रयोग गरिएको अनुसन्धानबाट खुलेको छ।

वैदेशिक रोजगार विभागले केही महिना अघि उनीहरूलाई पक्राउ गरेको थियो। हाल वैदेशिक रोजगार विभागको न्यायाधीकरणको फैसला बमोजिम धरौटी माग गरेको थियो। तर उनीहरूले धरौटी बुझाउन नसकेपछि कारागारमै छन्।

भट्टले सुनबहादुर लगायतलाई कर्मचारी भनेर राखेका थिए। उनीहरूको बैंकमा रकम जम्‍मा गर्न लगाउने र त्यही रकम झिकेर भट्टलाई नगद वा चेकमार्फत् निकालेर दिने गरेको अनुसन्धानबाट देखिन्छ,’ एक प्रहरीले भने, ‘तर उनीहरूको संलग्नता ठगी धन्दामा खुल्दैन। उनीहरूको बैंक खातामा जम्मा भए पनि त्यसको दुरूपयोग भट्टको समूहले गरेको देखिन्छ।’

विभागले उनीहरूको खातामा रकम जम्मा भएको देखेर अभियुक्त बनाए पनि प्रहरी कार्यालयमा भने उनीहरू पीडितको रूपमा देखिएका छन्।

उनीहरूले आफूहरू पीडित भएको भन्‍दै जेठ १६ गते कार्यालयमा जाहेरी दिएका छन्।

एउटा निकायले उनीहरूलाई अभियुक्त भने पनि हाम्रो नजरमा उनीहरू पीडित हुन्। उनीहरूको बैंक खाता दुरूपयोग भएको देखिन्छ। उनीहरू आफैँ ठगी धन्दामा संलग्न भएको देखिँदैन,’ अनुसन्धानमा संलग्न ती प्रहरीले भने, ‘फितलो अनुसन्धानले गर्दा उनीहरू फसेको देखिन्छ।’

यता वास्तविक पीडितहरूबाट पनि प्रति व्यक्ति ५ देखि १० लाख सम्म ठगी गरेको प्रहरीको अनुसन्धानबाट देखिन्छ। उनीहरूले नक्‍कली भिसा, वर्क पर्मिट, होटल बुकिङ, प्रहरी रिपोर्ट लगायतका कागजातहरू अनलाइनबाट पठाउने र टिकट र डलर साट्‍न भनेर थप रकम मागेर ठगेको खुलेको छ।

भट्टको गिरोहले करिब तीन–चार वर्षदेखि यस्तो धन्दा चलाउँदै आएका छन्। आफू बच्नका लागि भट्टले अरूको खाता दुरूपयोग गर्ने गरेका हुन्।

Previous Post

महोत्तरीमा समसाझै युवकमाथि गोली हानेर सिक्री लुटपाट

Next Post

मधेश प्रदेसको मुख्यन्यायाधिवक्तामा महतो

admin

admin

Next Post

मधेश प्रदेसको मुख्यन्यायाधिवक्तामा महतो

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

May 21, 2025
जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे  प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

May 18, 2025
विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

May 16, 2025
नवविवाहिता मृत्यु प्रकरण: मुख्य आरोपी फरार, बिचौलियाको चलखेल सुरु

नवविवाहिता मृत्यु प्रकरण: श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता,चलेन बिचौलियाको चलखेल

May 16, 2025
गठबन्धनले उपेन्द्रलाई काखी च्यापेपछि   जनमत पार्टी सरकारबाट बाहिर

चितवनकाे सुक्रनगरमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

May 16, 2025
लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरी सहायक हवल्दारसहित २ जना पक्राउ

हेटौंडाकाे राताेमाटेबाट लागुऔषधसहित दुई युवक पक्राउ

May 16, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.