२२ जेठ,काठमाण्डाैं । भारतमा मंगलबार बिहानदेखि लोक सभा चुनावको मतगणना भइरहेको छ।
लोक सभाका ५४३ सिटमध्ये अहिलेसम्मको परिणामअनुसार एक क्षेत्र एनडिएले जितिसकेको छ।
२८६ सिटमा भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको एनडिए गठबन्धन अग्रता लिएको छ।
कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन २३४ सिटमा अघि छ। २४ सिटमा अरू दल अघि छन्।
भारतीय समाचार संस्था एनडिटिभीका अनुसार यसपालि भारतीय जनता पार्टी एक्लैको बहुमत नपुग्ने देखिएको छ। बिजेपी २४० सिटमा अघि छ।
सन् २०१९ को चुनावमा बिजेपी एक्लैले ३०३ क्षेत्र जितेको थियो। यसपालि ६३ सिट गुमाउने आकलन छ।
यहाँ सरकारको नेतृत्व गर्न बहुमतका लागि २७२ सिट जित्नुपर्छ।
कंग्रेसले अघिल्लो चुनावभन्दा झण्डै दोब्बर सिटले अघि छ। कंग्रेसले सन् २०१९ को चुनावमा एक्लै ५२ सिट जितेकोमा यसपालि ९४ सिटमा अग्रता लिइरहेको छ।
प्रतिक्रिया दिनुहोस् !