१६ जेठ, बारा । बारामा सशस्त्र प्रहरीकै मिलोमतोमा तस्करी हुने गरेको रहस्य बाहिरीएको छ ।
मुसहर्वा स्थित सशस्त्र प्रहरीको बरैनिया बीओपीको मिलोमतोमा व्यापक तस्करी हुने गरेको छ ।
सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको आर्थिक लोभका कारण मुसहर्वा, बलिरामपुर, कल्याणपुर लगायतका सिमानाकाबाट तस्करी हुन थालेको स्थानीयले बताएका छन ।
एकजना तस्करसंग महिनवारी रकम लिएर तस्करीको समान समातेपाछी सशस्त्र प्रहरीले तस्करी गराउने गरेको कुरा बाहिर आएको हो ।
सशस्त्र प्रहरीले हिजो मंगलबार महिनवारी बापत रकम बुझेरपनी तीन साईकल कपडा समातेपछी सशस्त्र प्रहरीकै संलग्नतामा तस्करी हुने गरेको र तस्करहरु सशस्त्र प्रहरीको दोहोरो चरित्रको विरोधमा उत्रेका छ्न ।
वीरेन्द्र नाम गरेका अपाङ्गता भएका तस्करले आफुले बैशाख २० गते तीनवटा साईकलमा तन्ना, पर्दा, झुल, गम्छा लगायतका समान भारतबाट मुसहर्वा नाकाहुँदै ल्याउन दिने बापत १२ हजार रुपैयाँ दिएपनी आफ्नो महिना पूरा हुन चारदिन अगावै सशस्त्र प्रहरीले आफ्नो समान समातेको गुनासो गरे ।
आफुले सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यलाई मासिक १० हजार र सशस्त्र प्रहरी सहायक निरीक्षक तपेश्वर रायलाई दुई हजार रकम दिएको वीरेन्द्र्ले बताए ।
आफुले केही समानपनि सशस्त्र प्रहरी निरीक्षकलाई दिएको उनले दाबी गरे ।
यता सशस्त्र प्रहरी निरीक्षक आचार्यले आफुले कसैसँग कुनै प्रकारको आर्थिक लाभ नलिएको दाबी गरेका छन । उनले तीनवटा साइकलमा भारतबाट ल्याएको कपडा बरामद गरेर साइकल भने छोडिदिएको दाबी गरे ।
बरामद गरिएको कपडा मध्ये केही समान सशस्त्र प्रहरीले व्यक्तिगत प्रयोगकालागी राखेर बाँकी भन्सारमा पठाउने तयारी गरेको एकजना सशस्त्र प्रहरी जवानले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस् !