१५ जेठ,काठमाण्डाैं । कीर्ते नागरिकताको आरोपमा पक्रेर धनुषा पुर्याइएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याइएको छ ।
गत शुक्रबार जनकपुरको स्थानीय अस्पतालमा भर्ना भएका सिरोहियालाई थप उपचारार्थ आज हेलिकप्टरमा काठमाडौँ ल्याइएको छ ।जनकपुरस्थित काव्या अस्पतालमा उपचाररत कैलाशको मुटुसम्बन्धी समस्या बढेपछि चिकित्सकहरुले काठमाडौँ रिफर गरेको बताइएको छ ।
धनुषा जिल्ला अदालतले उनीमाथि थप अनुसन्धान गर्न तेस्रो पटक तीन दिनको म्याद थप थपेको थियो । सिरोहियालाई गत मंगलबार थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्सको कार्यालयबाटै पक्रेर राति नै धनुषा पुर्याइएको थियो ।
उनकाे थप उपचार ललितपुरकाे मेडिसिटीमा हुने बताइएकाे छ ।
प्रतिक्रिया दिनुहोस् !