७ जेठ,पर्सा । शाखा अधिकृत मोहनप्रसाद मैनालीको हत्या गरेको आरोपमा पर्साबाट एक जना पक्राउ परेका छन्।
आइतबार पर्सा सखुवा प्रसौनी गाउँपालिका- ५ का ७२ वर्षीय प्रेम गिरी मैनालीको हत्या आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।
उनका अनुसार गिरी १५ वर्षपछि पक्राउ परेका हुन्।
२०६५ असोज २२ गते तत्कालीन पर्साका ५२ वर्षीय शाखा अधिकृत मोहनप्रसाद मैनालीको गोली हानी हत्या गरेको आरोप उनीमाथि छ।
यस्तै उनी अन्य विभिन्न प्रकारका जघन्य प्रकृतिका अपराधहरूमा पनि फरार प्रतिवादी रहेको कार्यालयले बताएको छ।
नेपाल तथा भारतका विभिन्न स्थानहरूमा हत्या, चोरी, डकैती लगायत अन्य क्रियाकलापमा उनी संलग्न रहेको पाइएको प्रहरी कार्यालयको भनाइ छ।
उनी कर्तव्य ज्यान, डाँका मुद्दा, हातहतियार तथा खरखजाना मुद्दामा फरार र केही सार्वजनिक अपराध मद्दामा संलग्न रही फरार रहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस् !