४ जेठ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने बताएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा नेपाली कांग्रेसको आह्वानमा बसेको विपक्षी दलहरूको बैठकमा राप्रपाले संसदीय छानबिन समिति बन्नुपर्ने र गृहमन्त्रीले आफ्ना कुरा राख्न पाउनु पर्ने बताएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले पार्टीका तर्फबाट गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्ने माग राखेको बताए ।
यदी गृहमन्त्रीको भनाई सुनिसकेपछि चित्त नबुझ्दा त्यसको प्रतिवाद गर्न सकिने उनको भनाई थियो । कांग्रेस, जसपा, राप्रपा, लोसपा र राष्ट्रिय जनमोर्चाका प्रमुख नेताहरुबीच सहकारी ठगी प्रकरणमा छलफल भएको थियो ।
सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने मुछिएपछि उनीमाथि संसदीय छानविन हुनुपर्ने अडान राख्दै कांग्रेसले निरन्तर संसद अवरोध गर्दै आइरहेको छ । हिजो बिहीबार बसेको बैठकमा त सत्ता पक्ष र प्रतिपक्षी कांग्रेसका सांसदबीच धकेलाधकेल भएको थियो ।
प्रतिक्रिया दिनुहोस् !