१ जेठ,बारा । नेकपा एमाले निकट राष्ट्रीय युवा संघ नेपालको ३५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ।
स्थापना दिवसको अवसरमा आज युवा संघ बारा जिल्ला कमिटिले कलैया स्थित प्रादेशिक अस्पतालका बिरामिहरुलाई फलफुल बितरण गरिएको छ।
युवा संघ बारा जिल्ला अध्यक्ष सद्दाम अंसारी अध्यक्षतमा आयोजित फलफुल बितरण कार्यक्रममा अस्पतालको आकस्मिक, ओपिडी तथा विभिन्न वार्डका बिरामिहरुलाई फलफुल बितरण गर्नुका सांथै स्वास्थ्यलाभको कामना समेत गरिएको छ।
संघका केन्द्रीय सचिव तथा एमाले मधेश प्रदेश समिती सदस्य मोबिन आलमको प्रमुख अतिथ्यतामा आयोजित फलफुल बितरण कार्यक्रममा, केन्द्रीय सदस्य राम यादव, पुर्व जिल्ला अध्यक्ष तथा एमाले जिल्ला सदस्य पुरुषोत्तम साह, उपसचिव रौशन यादव, ध्रुव साह, जाबेद अंसारी, बिक्की साह लगायत सहभागी रहेका थिए।
प्रमुख अतिथी आलमले युव संघ नेपाल देशका युवाहरुको हक अधिकारका लागि लड्ने एकमात्र संगठन रहेको बताए। उनले देशमा व्याप्त भ्रष्टाचार तथा युवा पलायन रोक्न आफुहरुले दवावमुलक कार्यहरु गर्दै आएको बताए।
प्रतिक्रिया दिनुहोस् !