Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

सिमानाका एसपीमाथि निगरानी

admin
admin
May 14, 2024
सिमानाका एसपीमाथि निगरानी
150
SHARES
ShareTweetSubscribe

१ जेठ,काठमाडौैं । राजश्व उठ्न छाडेपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले देशभरका एसपीहरूलाई निगरानीमा राखेको छ । सरकारले भन्सार कार्यालयबाट राजश्व कम उठेको भन्दै सशस्त्र प्रहरीलाई दबाबमा राखेपछि प्रधान कार्यालयले सीमानामा कमाण्डरलाई निगरानीमा राखेको हो । खासगरी मधेशका आठ जिल्ला, कोशीको झापा, मोरङ, सुनसरी र इलाम, लुम्बिनीका रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियामा खटिएका एसपीलाई निगरानीमा राखिएको छ ।

सीमा नाकामा तस्करी बढाएको र तस्करहरू सँगको मिलेमतो देखिएमा तथा राजश्वमा गिरावट आएको खण्डमा सशस्त्र प्रहरीको दोष देखिने भन्दै निगरानी बढाइएको छ । त्यही क्रममा १३ गण, हेडक्वार्टर पर्साका गणपति प्रहरी उपरीक्षक किसन कर्माचार्य काठमाडौं तानिएका छन् ।

सशस्त्र प्रहरीले पछिल्लो समसय नेपालतर्फ भारतबाट आउने धानलाई रोकेको तर अन्य सामानलाई सेटिङमा छाडेको उजुरी हेडक्वार्टरमा परेको थियो । त्यसपछि हेडक्वार्टले कर्माचार्य र उनको टिमले निष्ठापूर्वक जिम्मेवारी बहन गर्न नसकेको, वीरगञ्ज भन्सार र पर्साको सीमावर्ती क्षेत्रबाट हुने अवैध र संस्थागत तस्करी नियन्त्रणमा समेत प्रभावकारी भूमिका नखेलेको भन्दै हेडक्वार्टर तानिएको हो । दुई महिना अघि मात्रै पर्सा पुगेका डिएसपी सुरज रिजाल पनि अहिले सेटिङमा लागेको स्रोतको दाबी छ ।

भारतबाट आएको सामानमा उनले केही साताअघि सीमा क्षेत्रमै रोकेका थिए । डिएसपी रिजालले सामान रोकेको थाहा पाएपछि स्थानीय पत्रकार व्यवसायीले समेत विरोध गरेपछि उनले रोकेको सामान पछि भन्सार विभाग बुझाइएको थियो ।

सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्य ७ महिनादेखि नं. १३ गण, हेडक्वाटर पर्सामा थिए । समयावधि नपुग्दै तानिएका एसपी कर्माचार्यको ठाउँमा सशस्त्र प्रहरी प्रधान कार्यालयबाट राधेश्याम धिताललाई पठाइएको छ । भक्तपुरे धितात तत्कालीन गृहसचिव महेश्वर न्यौपानेनिकट रहेका छन् ।

तत्कालीन एआइजी पुष्पराम केसीको पक्षमा मिडियाबाजी गरेपछि धिताललाई पर्सा पठाइएको हो । उनी संगठनका भित्री कुरा बाहिर ल्याउने अनुशासनहीन प्रहरी अधिकारीको रुपमा चिनिए पनि आइजीपी राजु अर्यालले शक्तिको दबाबलाई थेग्न नसक्दा बाध्य भएर पर्सा पठाएको हल्चोक मुख्यालय स्रोतले जनाएको छ ।

केही दिनअघि मात्र वीरगञ्ज भन्सारस्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्ममा कार्यरत सशस्त्र प्रहरीका असईसहित तीन जनालाई निलम्बनको सिफारिससहित छिन्नमस्ता बाहिनी मुख्यालयमा पठाइएको थियो ।

खासगरी, नेपाल प्रहरीले तस्करीका सामान बरामद गर्न थालेपछि सशस्त्र प्रहरीलाई दबाब परेको थियो । पर्सामा रहेका सशस्त्र प्रहरीले सेटिङमा सामान छिराउन दिने गरेको गुनासोसमेत बढेको बेला भन्सार एरिया छलेर ल्याइएका करोडौँ रुपैयाँ बराबरका सामानहरू नेपाल प्रहरीले बरामद गरेको थियो ।

त्यसपछि सशस्त्र प्रहरी मुख्यालयले बारा, पर्सा, रौतहट, सिराह, सप्तरी, महोत्तरी, सर्लाही लगायतका जिल्लाका एसपीहरूको निगरानी बढाएको स्रोतले जनाएको छ । ‘नाकाबाट तस्करी भए सबैलाई एक साथ हेडक्वार्टर तान्छ’, आइजीपी अर्यालले सबैलाई यसैगरी थ्रेट दिइरहेका छन् ।दृष्टि न्युज

Previous Post

लहानमा डाका समुहले बम पड्काएर ६ घरमा डकैती

Next Post

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

admin

admin

Next Post
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकार फणि महतको निधन

पत्रकार फणि महतको निधन

May 14, 2025
दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको  दाबी

दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको दाबी

May 13, 2025
राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

May 12, 2025
कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

May 12, 2025
खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

May 12, 2025
मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटेर भन्ने सरकारले साहुकार बचाउन लागे,पिडितहरूकाे लागि गृह मन्त्रालयकाे ढाेका बन्द छ

मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटेर भन्ने सरकारले साहुकार बचाउन लागे,पिडितहरूकाे लागि गृह मन्त्रालयकाे ढाेका बन्द छ

May 12, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.