२४ बैसाख,बारा । गृह मन्त्रालयले नेपाल हज समितिको सदस्यमा बाराका ईरसाद अंसारीलाई मनोनित गरेको छ।
गृहमन्त्री रबि लामिछानेको निर्देशनमा आईतवार बसेको बैठकले अंसारीलाई उक्त पदमा मनोनित गरिएको हो।
अंसारीलाई नेपाल हज समिती कार्यबिधी २०७२ को दफा ३ को उपदफा (२) को प्रकरण (ख) बमोजिम आगामी २ बर्षका लागि समितिको सदस्यमा नियुक्त गरिएको मन्त्रालयका उपसचिव कुलबहादुर जिसिले बताएका छ्न।
अंसारी माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी निकट मुश्लिम संगठनका नेता हुन।
प्रतिक्रिया दिनुहोस् !