२४ बैसाख,बारा । दिनदहाडै जनकपुरधाममा सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ । शुभश्री बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्रकुमार महतोलाई हतियारधारीले पेस्तोल देखाएर ८० लाख लुटपाट गरेको प्रहरीले जनाएको छ ।
महतोले मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको बताएका छन् ।
महतो बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै थिए । घटनाका विषयमा अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् !