Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

रूसको ‘मस्ट वान्टेड’ सूचीमा युक्रेनी राष्ट्रपति जेलेन्स्की

admin
admin
May 5, 2024
रूसको ‘मस्ट वान्टेड’ सूचीमा युक्रेनी राष्ट्रपति जेलेन्स्की
350
SHARES
ShareTweetSubscribe

२३ बैसाख,काठमाण्डाैं । रूसले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीविरूद्ध फौजदारी मुद्दा चलाएर ‘मस्ट वान्टेड’ सूचीमा राखेको छ।

रूसको सरकारी समाचार एजेन्सी तासका अनुसार जेलेन्स्कीलाई गृह मन्त्रालयको अभिलेखमा ‘मस्ट वान्टेड’ सूचीमा राखिएको छ। उनीविरूद्ध रूसको फौजदारी संहिता अनुसार मुद्दा चलाइएको भन्ने बाहेक तासले अरू केही विस्तृत जानकारी दिएको छैन।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०२२ फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गर्दा सुरूमै जेलेन्स्कीको हत्या गर्ने योजना बनाएका थिए भनिन्छ। केही दिनमै पूरै युक्रेन कब्जा गर्ने विश्वास गरेका पुटिनले जेलेन्स्कीको हत्या गरेर उनको ठाउँमा रूस-मैत्री व्यक्तिलाई राष्ट्रपति बनाउन चाहान्थे।

त्यही बुझेर नै अमेरिकाले रूसी आक्रमण अगाडि नै जेलेन्स्कीलाई युक्रेनबाट भगाउने प्रस्ताव गरेको थियो। तर जेलेन्स्कीले ‘मलाई लिफ्ट होइन हतियारको आवश्यकता छ’ भनेर युक्रेनमै बसेर रूसविरूद्ध लड्ने उद्घोष गरेका थिए। उनको साहसिक नेतृत्व र अमेरिका लगायत पश्चिमा देशको सहयोगले एक महिना पछि अन्ततः रूसी सेना युक्रेनको राजधानी किभ कब्जा गर्ने योजनाबाट पछि हटेको थियो।

रूसले त्यसपछि पनि पटक-पटक जेलेन्स्कीको हत्या गर्ने प्रयास गरेको दावी युक्रेन र पश्चिमा देशले गरेका छन्।

यद्दपि तत्कालीन इसराइली प्रधानमन्त्री नफ्ताली बेनेटले भने पुटिन स्वयंले उनलाई रूसले जेलेन्स्कीको हत्या नगर्ने भनेर आश्वासन दिएको दावी गरेका थिए।

पुटिनले २०२२ फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गर्ने वित्तिकै उनलाई फकाएर युद्ध रोक्न सकिन्छ भनेर फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन र बेनेटले धेरै प्रयास गरेका थिए। म्याक्रोनले लगातार पुटिनसँग फोनमा कुरा गरेका थिए भने बेनेटले त युक्रेनमा आक्रमण गरेको नौ दिन पछि मस्को गएर पुटिनलाई प्रत्यक्ष भेटेका थिए। त्यही भेटमा पुटिनले जेलेन्स्कीको हत्या नगरिने भनेर आश्वासन दिएको दावी बेनेटले गरेका थिए। र पुटिनको आश्वासनको जानकारी उति बेलै जेलेन्स्कीलाई दिएको बताएका थिए।

रूसले जेलेन्स्कीविरूद्ध अहिले फौजदारी मुद्दा चलाए पनि युक्रेनले भने पुटिनविरूद्ध पहिले नै युद्ध अपराधको अनुसन्धान सुरू गरेको थियो। अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले समेत पुटिनविरूद्ध युद्ध अपराधको मुद्दा चलाएर पक्राउ पुर्जी समेत जारी गरेको थियो। हेगस्थित उक्त अदालतले पुटिनलाई युक्रेनी बालबच्चाहरूलाई आमाबाबुबाट छुटाएर जबरजस्ती रूस लगेको आरोप लगाएको थियो।

जेलेन्स्की र केही हदसम्म पुटिन विरूद्धका मुद्दाको खासै अर्थ भने छैन। रूसले आफूलाई मार्ने कोशिस गरिरहेको बारे जानकार जेलेन्स्कीलाई यो मुद्दाले खासै फरक पर्दैन। पुटिन पनि आईसीसीको पक्राउ पुर्जीका वावजुद एक वर्षभन्दा धेरै समयमा समेत पक्राउ परेका छैनन्। आईसीसीका १२३ सदस्य राष्ट्रले आफ्नोमा पुटिन आए पक्रेर बुझाउनु पर्ने हुन्छ तर पुटिन अहिलेसम्म पक्राउ पर्न सक्ने देश गएका छैनन्। दक्षिण अफ्रिकासँग राम्रो सम्बन्ध भए पनि पक्राउ पुर्जीका कारण पुटिनले दक्षिण अफ्रिकामा २०२३ अगस्टमा भएको ब्रिक्सको शिखर सम्मेलनमा भाग लिएका थिएनन्।

रूसले जेलेन्स्कीविरूद्ध फौजदारी मुद्दा चलाएको शनिबार खुलासा हुने वित्तिकै युक्रेनी विदेश मन्त्रालयले यसलाई हतास रूसले ध्यान खिच्न चलाएको प्रोपोगाण्डा भनेको छ। र पुटिन विरूद्धको आईसीसीको पक्राउ पुर्जी भने साँच्चै जारी भएको औंल्याउँदै १२३ सदस्य राष्ट्रले त्यसको पालना समेत गर्ने भनेर सम्झाएको छ।सेताेपाटि

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)

Previous Post

जनकपुर-जयनगर-भंगाहा रेल सेवा आजदेखि तीन दिन बन्द रहने

Next Post

जसपा फुट्यो, अशोक राई समूह निर्वाचन आयोगमा

admin

admin

Next Post
जसपा फुट्यो, अशोक राई समूह निर्वाचन आयोगमा

जसपा फुट्यो, अशोक राई समूह निर्वाचन आयोगमा

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

November 15, 2025
प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

November 15, 2025
सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

November 15, 2025
नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

मकवानपुरको राक्सिराङमा कुलदेवी मन्दिरका पुजारीको गोली हानी हत्या

November 15, 2025
अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

November 14, 2025
अर्थ मन्त्रालयको गेटमा प्रहरीकै अगाडि चक्कु हानाहान

महोत्तरीमा महिलामाथि चक्कु प्रहार: एकजना नियन्त्रणमा, अनुसन्धान जारी

November 14, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.