२८ चैत,बारा । बाराको पचरौता नगरपालिकाका एकजना नागरिकले आफ्नो छोराको नियोजित हत्या गरिएको तर त्यसलाई दुर्घटना साबित गरि बारा प्रहरीले मुद्दा दर्ता नगरेको आरोप लगाएका छन।
मंगलवार कलैयामा पत्रकार सम्मेलनको आयोजना गर्दै पचरौता नगरपालिका वडा नं.९ का सोनालाल यादवले गत पुष १ गते आफ्नो छोरा १८ बर्षीय प्रदीप कुमार यादवको ७ जना व्यक्तिले सुनियोजित रुपमा हत्या गरेको आरोप लगाएका हुन।
उनले पुष एक गते आफ्नो छोरालाई हत्या गरि नहरको बाटोमा फालेको आरोप लगाए ।
<span;>कुँडवा विद्यालयमा कक्षा आठमा अध्यनरत आफ्नो छोरालाई कक्षा १० मा अध्यनरत एक युवतीले प्रेम पत्र लेखेको निहुमा आफ्नो छोराको हत्या भएको आरोप यादवले लगाए।
उनले पचरौता नगरपालिकाकै बिबेक कुमार यादव, शिवम यादव, राजकिशोर प्रसाद यादव, नवलकिशोर यादव, मवल प्रसाद यादव, सुरेन्द्र प्रसाद यादव तथा पारष प्रसाद यादव लगायतकाले आफ्नो छोराको हत्या गरि नहर छेउमा फालेको आरोप लगाएका हुन।
पत्रकार सम्मेलनमा यसअघि गत मंसिर ५ गते आफ्नो घरमा आएर स्थानीय नवल यादव समुहले आक्रमण गरेर आफ्नो छोरालाई कुटपिट समेत गरेको आरोप सोनालालले लगाएका छन।
प्रहरीले हत्यालाई दुर्घटना बनाएर आफ्नो मुद्दा दर्ता नगर्दा बाध्य भएर पत्रकार सम्मेलन गर्नु परेको उनले बताए।
आफू न्यायको लागि भौतारीई रहंदा समेत शक्तिको भरमा अपराधिहरु खुलेआम घुमिरहेको उनको आरोप रहेको छ।
प्रतिक्रिया दिनुहोस् !