२७ चैत,काठमाडौं । पछिल्लो पटक नक्कली लाइसेन्सको छानवीन र इम्बोष्ट नम्बर प्लेटको भुक्तानी रोकेर चर्चामा आएका यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको सरुवा लागि विचौलियाहरुको दौडधुप चलेको छ । विभागमा रहेका केही कर्मचारीहरुले उनको सरुवाका लागि राजनीतिक दलका नेतादेखि मन्त्री र सचिवसम्मलाई कोसिस गरिरहेका छन् ।
जुन कार्यालयमा हुँदा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर हुन्छ सफाइपछि त्यहीँ कार्यालयमा कुनै कर्मचारी किन फर्किन्छन् भन्ने तथ्यलाई राखेर उनले कार्यालयको वेथितिमाथि प्रहार गर्न थालेपछि उनको सरुवा गराउन विचौलियाहरु लागेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेका कम्प्युटर इन्जिनियर हरिश भट्ट र शाखा अधिकृत भविन्द्र कार्की सफाइपछि यातायतमै फर्किएका थिए । त्यतिमात्र होइन हालका सहससचव टोकराज पाण्डे पनि अधिकृत, उपसचिव र सहसचिवसम्म त्यही बसेका थिए । यातायात व्यवस्था विभाग, सवारीचालक अनुमतिपत्र कार्यालय, बागमतीमा घुस÷रिसवत लिएर सेटिङमा लाइसेन्स दिएको पुष्टि भएपछि अख्तियारले २०७१ भदौमा कम्प्युटर इन्जिनियर भट्टविरुद्ध मुद्दा दायर गरेको थियो । ६ लाख ४५ हजार रुपैयाँ बिगो दाबीसहितको भ्रष्टाचार मुद्दा जितेपछि उनी यातायातको लाइसेन्स प्रिन्टमा शाखामै फकिएर पुरानै धन्दामा रमाएका थिए ।
अहिलेका डिजीले उनलाई केही दिनअघि करार नविकरण नगरेपछि डिजीलाई हटाएर आफू त्यही आउने भन्दै विभिन्न शक्तिकेन्द्र धाइरहेका छन् । हरिश भट्ट करारका इन्जिनियर हुन् । भ्रष्टाचार मुद्दा लागेपछि उनको करार अवधि सकिएको थियो । तर, भ्रष्टाचारमा डामिएका हरिश फेरि यातायात व्यवस्था विभाग हुँदै साबिक कै ठाउँमा कसरी पुगे भन्ने बारेमा उनी केन्द्रकै आड रहेको विभाग स्रोतको दाबी छ ।
एमाले नेता एवं पूर्व सांसद दिपकप्रकाश भट्टका भाइ हरिश दिपकका प्रतिस्पर्धी कांग्रेस नेता सांसद एवं पूर्व यातायातमन्त्री रमेश लेखकका समेत विश्वास पात्र भएका थिए् । एमाले सत्तामा आए दाइ दीपक र कांग्रेस सत्तामा आए लेखकलाई प्रयोग गर्दै आएका उनी यातायातमा सेटिङ गर्न माहिर छन् ।
उनले अहिले पनि विचौलिया मार्फत एउटा लाइसेन्स प्रिण्ट गराएको ५ देखि १०हजार लिदै आएको विभाग स्रोतले जनाएको छ । एमालेका नेता रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएपछि उनले मन्त्रालयमा थप सक्रियता बढाएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली लाइसेन्स जारी गरेको विषयमा अनुसन्धान सुरु गरेपछि हरिशले सक्रियाता बढाएको छन् ।
हरिश मात्र होइन शाखा अधिकृत भविन्द्र कार्की पनि मुद्दा जितेर यातायातममै फर्किनेमा पर्छन् । ट्रायलमा फेल र अनुपस्थित भएका लाइसेन्स दिने सिफारिस दिएको अभियोगमा यातायात व्यवस्था कार्यालय, एकान्तकुनामै कार्यरत कार्कीलाई पनि २०७६ मंसिरमा अख्तियारले
विशेष अदालतमामा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
उनीमाथि सवारी चालक अनुमतिपत्रको लिनुपर्ने राजस्व रकम समेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्तिको हिनामिना, हानिनोक्सानी गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको देखिन्छ । उनी पनि त्यही कार्यरत रहेकोमा विभागका महानिर्देशक रिजालले पशुपंक्षी मन्त्रालयमा सरुवा गरेपछि उनी रुष्ट भएका छन् । साथै नक्कली लाइसेन्स र इम्बोष्ट नम्बर प्लेट प्रकरणमा आफ्नो नाम सार्वजनिक गरिदिएको भन्दै सहसचिव पाण्डे पनि महानिर्देशक रिजाललाई हटाउन लागिपरेका छन् ।दृष्टि
प्रतिक्रिया दिनुहोस् !