२६ चैत,बारा । गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक (एसपि) सुरेश प्रसाद काफ्लेको नेपाल प्रहरी प्रदेश कार्यालय, सुर्खेत अन्तर्गत अपराध अनुसन्धनन शाखा नेपालगन्जमा सरुवा गरेसंगै जिल्लामा नयाँ एसपिको रुपमा महेन्द्र खड्का आएका छन् ।
प्रहरी प्रधान कार्यालयको सुचना विष्लेषण शाखाबाट बाराको प्रहरी प्रमुखमा पदस्थापन भई आएका एसपि काफ्लेलाई जिल्लाको शान्ती शुरक्षा चुस्त बनाउने चुनौतिका सांथै आफुलाई सक्षम प्रहरी अधिकारीको रुपमा प्रमाणित गर्ने अवसर समेत रहेको छ ।
आफ्नो ७ महिने कार्यकालमा जिल्लामा घटेका हाईप्रोफाई घटनाहरुको निष्कर्षमुलक अनुसंधान गरि वाहवाहि बटुलेका एसपि काफ्लेले छोडेर गएका अनुसंधानहरुलाई निर्णयक मोडमा पुर्याउनुदेखी जिल्लाका बिभिन्न बोर्डहरुबाट हुने तस्करी नियन्त्रण गर्नु नव आगन्तुक एसपि खड्काकोलागि चुनौतिपुर्ण हुनेछ ।
यसअघी एसपि काफ्लेको कार्यकालमा बालएकता बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक रुपेश सरार्फ हत्याकाण्डका मुख्य आरोपि भारतिय नागरिक मनोज गुप्तालाई पक्राउ गरि कारवाहिको दायरामा ल्याउनु खड्काको मुख्य चुनौति रहने छ भने जिल्लाको कवहिगोठ, मटिअर्वा, बिश्रामपुर लगायतका नाकाहरुबाट हुने बस्तु तथा जनावर तस्करी नियन्त्रण थप चुनौतिपुर्ण हुनेछ ।
बारा जिल्लालाई ट्रान्जिट बनाई भईरहेको हुण्डि कारोबारको नेक्सससम्म पुगिसकेको प्रहरीलाई त्यो नेक्सस तोड्नसम्मको कारवाहिको अपेक्षा बाराबासिले एसपि काफ्लेसंग राखेका छन् । यसो गरेर देखाएको खण्डमा उनको कामको चौतर्फ तारिफ हुने निशिचित छ ।
हुनत राजस्व संकलनमा फड्को मारिसकेकोको बारा प्रहरीलाई थप तदारुस्ताका सांथ अगाडि बढ्नुपर्ने आवस्यक्ता छ नै, अबैध स्पमा हुने दुईदेशिय कारोवारको नियन्त्रण गर्नुपनि चुनौति छ ।
सरकारले मिटरव्याज सम्बन्धि कानुन ल्याईसक्दा बारामा झण्डै एक हजार मुद्दाहरु फर्छ्यौट भएका छन्, जुन यहां दर्ता भएको मुद्दाहरुको करिब एक तिहाई मात्रै हो । दर्ता भएका बाँकि मुद्दाहरुलाई अन्तिम किनारा लगाउनु पनि एसपि खड्काको लागि चुनौति हुने छ ।
जिल्ला प्रहरी कार्यालय बारामा विभिन्न नामहरुमा हुनेगरेको दलाली ‘सःशुल्क सहजिकरण’ लाइ रोक्नु समेत आवशयक छ । बिभिन्न राजनितिक दलका केहि नेता तथा केहि कथाकथित पत्रकाहरुको मुद्दा मिलाईदिने बहानामा हुने ‘अर्थ कलेक्सन’ लाई रोक्नु नव आगन्तुक एसपि खड्काको लागि ठुलो चुनौति हुनेछ । त्यस्तै जिल्लाका नागकिबिच हुने सामान्य झै–झगडा तथा मिलापत्रमा टुंङ्गिने विषयलाई मुद्दा दर्ता गरि थप पिडित बनाउने क्रियाकलाप रोक्नु उनको प्रथम प्राथमिकता हुनुपर्ने हुन्छ ।
उल्लेखित विषयस्तुहरुमा सजग एवम जनमुखि प्रतिबद्धताका सांथ शुरुवात गले बाराली जनताले एसपि खड्कालाई सराहने छन भन्ने कुरामा दुईमत छैन् ।
प्रतिक्रिया दिनुहोस् !