२५ चैत,बारा । संघिय युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले कलैयामा आधुनिक खेल मैदान तथा कभर्ड हल निर्माण गर्न सक्दो सहयोग गर्ने बताएका छ्न।
कलैया उपमहानगरपालिकाको आयोजनामा आयोजित मन्त्री श्रेष्ठको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले खेलाडी उत्पादन गर्ने उर्वर भुमिको रुपमा रहेको कलैयामा क्रीकेट, फुटबल, कबड्डी, कराते लगायतको खेलका लागि आवस्यक पुर्वाधर निर्माण गर्न आफुले सक्दो प्रयास गर्ने बताए।
उनले खेलकुद तथा शिक्षा मन्त्रालयको समन्वयमा हरेक बिधालयमा खेल शिक्षक नियुक्त गर्ने र त्यसमा स्ववयम सेवक प्रशिक्षकका रुपमा खटेका प्रशिक्षहरुलाई समावेश गर्ने गृहकार्य भईरहेको बताए।
यसअघि नगर प्रमुख बिनोद साहले कलैयाको वडा नं. ४ मा कभर्ड हल, वडा न.१४ मा क्रीकेट ग्राउण्ड तथा वडा नं. २५ मा फुटबल मैदान निर्माण गर्न जग्गा व्यवस्थापन गरिसकेको र ती जग्गाहरुमा भौतिक संरचना निर्मानकालागी मन्त्रालयबाट सहयोग गर्न मन्त्री श्रेष्ठसंग आग्रह गरेका थिए। उनले खेलाडिहरुको समुचित बिकाशकालागि आफुहरुले प्रयास गरिरहेको भएतापनी संघिय सरकारको सहयोग बिना चौतर्फी बिकाश सम्भव नरहेको बताए।
सो अवसरमा मन्त्री नगर खेलकुद बिकश समितिका संयोजक एम.समिउल्लाह, जनप्रतिनिधी, बारा जिल्ला क्रीकेट संघका अध्यक्ष प्रभात चौरसिया, सितोरियो करातेका प्रशिक्षक अनिल पाण्डेय, प्रभु मण्डल, विभिन्न खेल क्षेत्रका व्यक्तित्व, खेलाडी लगायतको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस् !