२४ चैत,काठमाडाैं । श्रममन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपाका नेताहरूलाई सहकारी ठगीको आरोप लगाउनेहरूलाई उनीहरूको अनियमितता खोज्न बाध्य नबनाउन आग्रह गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले त्यसबारेमा रास्वपाले अहिलेसम्म नखोजेको तर खोज्न बाध्य हुनुपर्ने अवस्था आउने बताएका हुन्।
जसले जसले सहकारीको बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुप्रति कुरा गरिरहनुभएको छ। एक पटक घरमा गएर आफ्नो लकर खोलेर हेर्नुस्, कति वटा सहकारीको खाता तपाईंसँग छ। ती सहकारीको अवस्था के छ र तपाईले के गर्नुभयो आजसम्म ? ती सहकारीलाई प्रयोग गरेर। हामीले खोज्न नपरेस्,’ उनले भने।
त्यसरी खोज्नका लागि कुनै खर्च नलाग्ने पनि मन्त्री अर्यालले बताए।
हाम्रा साथीहरुले त्यसै खोज्छन्, तपाईंहरु कुन कुन सहकारीमा हुनुहुन्छ, कुनकुन सहकारीमा अनियमितता गर्नुभयो, कुनकुन सहकारीको पैसा निकालेर जग्गा, गाडी किन्नुभयो, चुनाव जित्नुभयो, त्यो विषयमा हेर्न नपरोस्,’ उनले भने।
मन्त्री अर्यालले अहिलेसम्म सहकारीको समस्या समाधान गर्नै कुनैपनि दलको कुनैपनि सांसदले केही प्रयास नगरेको उनले बताए। त्यसबारेमा सदनमा पनि कसैले कुरा नउठाएको तर रास्वपाले त्यसलाई गम्भीर रूपमा लिएको उनले बताए।
उनले सहकारीका लगानीकर्तालाई जेलमा राखेर बचतकर्ताको पैसा फिर्ता नहुने पनि बताए।
‘सहकारी पीडितको पैसा फिर्ता गर्नेतिर सोच्ने की मान्छेलाई जेलमा कोचेर उनीहरुको पैसा फिर्ता नगर्नेतिर जाने हो,’ उनले भने।
(न्युज एजेन्सी नेपालबाट)
प्रतिक्रिया दिनुहोस् !