२३ चैत्र,बारा । नेपाल कुश्वाहा कल्याण समाजको केन्द्रिय महाधिवेशन आजदेखी शुरु भएको छ ।
बाराको भलुहीमा आजदेखी समाजको केन्द्रिय महाधिवेशन शुरु भएको हो । महाधिवेशनको एक कार्यक्रमका बीच संघीय सांसद लक्ष्मी महतो कोईरीले उदघाटन गर्नु भयो । दुई दिन सम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने समाजका शम्भु कुश्वाहाले जानकारी गराउनु भयो ।
अब कम खाई बच्चाके पढाइ भन्ने नाराका साथ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै भोलि सकिने आयोजकले जनाएको छ ।
समाजका केन्द्रिय अध्यक्ष तपेश्वर महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सांसद लक्ष्मी महतो कोईरीले आआफ्ना बालबालिकालाई आफू भोकै बसेर भएपनी पढाउन सहभागीहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य मन्त्री शत्रुधन महतो, पुर्व शिक्षा मन्त्री रामचन्द्र कुश्वाहा,संविधानसभा सदस्य शिवचन्द्र कुश्वाहा, रामचन्द्र प्यासी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो। कार्यक्रमको संचालन सागर कुश्वाहाले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस् !