संजय तिवारी
२३ चैत,बारा । नेकपा एमाले बाराको नयां कार्यसमितिको लागि निर्वाचनको सम्पुर्ण तयारी पूरा भएको छ।
कलैया स्थित जानकी सिनेमा हलमा अहिले अपराहन्न २ बजेदेखी मतदान शुरु हुने मुख्य निर्वाचन अधिकृत रफिक अंसारीले जनाएका छ्न।
मतपत्र छपाईमा ढिलाई भएका कारण आज एकबजेदेखी हुने भनिएको निर्वाचन एक घण्टा ढिलो हुनपुगेको अंसारीले बताए।
निर्वाचनमा अध्यानन्द पाण्डेय तथा टिना शुबेदिको प्यानलबिच कडा टक्कर हुनेछ।
निर्वाचनमा मतदान गर्न प्रतिनिधिहरु निर्वाचन स्थलमा पुगिसकेका छ्न भने उम्मेदवारहरु भोट माग्न व्यास्त छ्न।
प्रतिक्रिया दिनुहोस् !