संजय तिवारी
२२ चैत,बारा । नेकपा एमाले बाराकोे ११ औ जिल्ला अधिवेशनमा सहमती हुननसकेपछी दुई समुहबिच चुनाव हुने निश्चित भएको छ।
आजै दिउँसो २ बजेदेखी मतदान हुने तयारी गरिएतापनी मतपत्र छपाई कार्यमा ढिलाई भएपछी मतदान शुक्रवार बिहान ९ बजेदेखी हुने मुख्य निर्वाचन अधिकृत रफिक अंसारीले जनाएका छन ।
जिल्लाको नेतृत्व चुनावी प्रकृयाबाटै हुने निश्चित भएपछी आकांक्षिहरु अधिवेशन प्रतिनिधिहरुसंग मत माग्ने काम श्य्रु गरेका छन।
यसअघि बुधवार अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएकोमा अनिल कुमार मैनालीले अध्यक्ष पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अब दुई प्यानलबिच सिधा टक्कर हुने भएको छ।
बढी चर्चामा रहेका अध्यक्ष पदका आकांक्षी अध्यानन्द प्यानललाई जिल्लाका ठुला नेताहरुको समर्थन देखिपछी उनका समर्थकहरु आफ्नो पुरै प्यानल बिजयी हुनेमा ढुक्क छ्न।
पाण्डेय समुहलाई एमालेका पोष्टिब्युरो सदस्य तथा पुर्वमन्त्री पूरुषोत्तम पौडेल, प्रदेश साँसद रबिन्द्रास श्रेष्ठ, कलैया उपमहानगरपालिका नगरप्रमुख तथा बर्तमान अध्यक्ष बिनोद साह, मधेस प्रदेश प्रदेश कमिटिका सचिव मनोज पौडेल, प्रदेश साँसदहरु त्रिलोकी चौधरी, देवनारायण चौधरी लगायतका नेताहरुले खुल्ला सर्मथन जनाएका छन।
यता टिना सुबेधिको समुहलाई उनका श्रीमान तथा पोलिटव्युरो सदस्य अच्चुत मैनाली, सचिव पदका उम्मेद्वार समेत रहेका अमृत शर्मा बजगाईकी श्रीमती एवम कृषि तथा पशुपंक्षी मन्त्री ज्वाला कुमारी साह, संविधान सभा सदस्य बलबिर चौधरी, प्रदेश साँसद महम्द समिर लगायतका नेताहरुको समर्थन रहेको छ।
दुवै समुहले प्यानल सहित उम्मेदवारी दर्ता गरेका छन । अध्यानन्द पाण्डये समुहबाट, उपाध्यक्षमा नारायण गौतम, सचिवमा एम.समिउल्लाह, उपसचिवमा धनीराम चौधरी, महिला उपसचिवमा कमला घिमिरेले उम्मेदवारी दर्ता गराएका छन भने टिना सुवेदीको समुहबाट उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाई, उपसचिवमा जवाहिर अंसारी र महिला उपसचिवमा भावना आचार्य सहितको उम्मेदवारी दर्ता भएको छ।
त्यस्तै स्वतन्त्र रुपमा एमालेका पुराना नेरा भिखारी साह र मखन पासवानले सचिव एवम ईनरदेव महतो कोइरीले उप सचिव पदमा उम्मेदवारी दर्ता गराएका छ्न।
अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव, १ खुल्ला उपसचिब र १ महिला उपसचिब सहित कुल १ सय २५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ, जसका लागि २७२ जनाले उम्मेदवारी उम्मेदवारी दर्ता गराएका छन।
प्रतिक्रिया दिनुहोस् !