२२ चैत, काठमाडौं । नेपाल लेयर कुखुरापालक संघले अण्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ । संघको धनगढी, काठमाडौं र इटहरीमा बसेको व्यावसायिक भेलाले नयाँ समर्थन बिक्री मूल्य तय गरेको हो ।
आज बिहीबारदेखि लागू हुनेगरी नयाँ मूल्य तय गरिएको संघले जनाएको छ । जसअनुसार मध्यम अण्डाको मूल्य प्रतिक्रेट ३७५ रुपैयाँ, ठूलो अण्डाको प्रतिक्रेट ३९० रुपैयाँ र थप ठूलो अण्डाको समर्थन बिक्री मूल्य प्रतिक्रेट ४०५ रुपैयाँ तोकिएको छ ।
यसअघि मध्यम अण्डाको मूल्य ३६० रुपैयाँ, ठूलाे अण्डाको ३७५ र थप ठूलो अण्डाको ३९० रुपैयाँ प्रतिक्रेट तोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस् !