२१ चैत,पर्सा । पर्सा प्रहरीले वीरगञ्जबाट तस्करीको आशङ्कामा ४१ लाख ९३ हजार रुपैयाँ मूल्यको सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ४१ लाख ९३ हजार रुपैयाँ मूल्यको कपडा र खुद्रा सामान सहित ना ८ ख ३५४९ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
गत सोमबार वीरगञ्ज महानगरपालिका – १२ स्थित पावर हाउस चोकमा ना ८ ख ३५४९ नम्बरको ट्रक रोकेर प्रहरीले चेकजाँच गरेको थियो ।
त्यस क्रममा उक्त ट्रकबाट राजश्व छलेर ल्याइएको ४१ लाख ९३ हजार रुपैयाँ मूल्यको कपडा र खुद्रा सामानहरू बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता (डिएसपी) कुमार विक्रम थापाले बताए ।
उक्त सामानसहितको ट्रक आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस् !