Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

राजश्व उठाउन ठेक्का सशस्त्र प्रहरीलाई

admin
admin
April 2, 2024
राजश्व उठाउन ठेक्का सशस्त्र प्रहरीलाई
250
SHARES
ShareTweetSubscribe

२० चैत,काठमाडौं । प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले सशस्त्र प्रहरीलाई राजश्व उठाउन सहयोग मागिरहेका छन् । प्रधानमन्त्रीकै आदेश पाएपछि सशस्त्र प्रहरी बल पनि के कम ? उसले पनि आफ्ना मातहतका सबैलाई बोलाएर राजश्व उठाउन नसके कमाण्डबाट फिर्ता हुन भन्दै निर्देशन जारी ग¥यो । गत साता सशस्त्र प्रहरी बल मूख्यालयले नेपाल भारत सीमा क्षेत्रका ११ जिल्ला हेरिरहेका प्रमुखलाई बोलाएर राजश्व उठाउन निर्देशन दिएको छ ।

सीमा सुरक्षा विभागले ११ जिल्लामा एसपीलाई काठमाडौ बोलाएर सो निर्देशन दिएको हो । विभागका प्रमुख नारायणदत्त पौडेलले उनीहरुलाई राम्रोसँग काम नगरे काठमाडौं फिर्ता गर्ने चेतावनी समेत दिएका हुन् ।

सशस्त्र र प्रहरी मिलेपछि तस्करीका सामान वारपार गर्न सम्भव छ भन्ने समाचार आएपछि विभागले उनीहरुलाई काठमाडौं बोलाएर सो निर्देशन दिएको हो । सुरक्षाकर्मीको उपस्थिति रहेकै सीमानाकाबाट तस्करको राज चलेको मधेस प्रदेशको नामी जिल्ला हो, सिरहा । सिरहाको नगरी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, माडर, बरियारपट्टी, औरही, पटेर्वा नाका अहिले तस्करलाई जिम्मा लगाइदिए जतिकै अनुभूति गर्छन्, स्थानीयबासी ।

यी नाकाबाट चिनी, कपडा, मोटरपार्टस्, किसान सामान, ग्यास चुल्हो, लाइटर, पान मसाला, सुर्तीजन्य पदार्थ(रजनीगन्धा, गुटखा) भन्सार राजश्व छली गरी भित्रिन्छ । वारिबाट मदिरा, चाइनिज स्याउ, सुपारी पारि पु¥याइन्छ । तर त्यही जिल्लाको कमाण्ड गर्ने शिवप्रसाद गैरेलाई चाहि बोलाइएको थिएन । सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारसँगको त्रिपक्षीय सेटिङमा (लाइन मिलाएर) यहाँ तस्करराज चलेको सीमावर्ती क्षेत्रका स्थानीय उजुरी गर्दा पनि उनी भने हेडक्वार्टरको नजरमा परेका थिएनन् ।

झाझपट्टीको सीमानाकाबाट रातभर पारिबाट सामान ल्याएर मोटरसाइकल र टेम्पोमार्फत सहरतर्फ ढुवानी हुन्छ । सुरक्षाकर्मीबाट ‘लाइन क्लियर’ रहेको संकेत पाएपछि अन्धाधुन्ध सामान ढुवानी सुरु हुन्छ । सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि खटिएका हुन्छन् । राज्यको निकायले नै तस्करलाई लाइन खोलिदिएपछि निहत्था माथि अनुसन्धान गरेको आरोप लाग्दा पनि सशस्त्र प्रहरी मूख्यालयले उनलाई बोलाएको छैन ।

मोरङको चतरामुनि, चुनिमारी, वरडंगा, महादेवा लगायत सीमा नाकाबाट तस्करी गतिविधि फस्टाएको भएपनि झापाका एसपीलाई काठमाडौ बोलाउदा मोरङका विश्वबन्धु खड्का हाइसन्चो मानेर उतै बसेका थिए । उनलाई के कति कारणले बोलाइएन भन्ने बारेमा सशस्त्र प्रहरी मूख्यालयमै एक प्रकारले मुखामुख भएको थियो ।

राजश्व अनुसन्धान विभागले केही समय अघि मोरङका एक गोदाममा छापामारी करोडौंको कपडा बरामद गरेपछि तस्करी मौलाएको पुष्टि भएको थियो । राजश्व अनुसन्धान विभाग पुल्चोकबाट खटिएको टोलीले मातहतको इटहरी कार्यालयमार्फत राजश्व छली गरेको आशंका गर्दै विराटनगर महानगरपालिका वडा ११ मा रहेको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा छापा मारेको थियो ।

वर्षौंदेखि कपडाको कारोबार गर्ने सप्लायर्सको गोदाममा भन्सारबाट आयात परिमाण भन्दा बढी मालवस्तु आयात गरी स्टोर गरिएको भन्ने सूचनाका आधारमा उक्त सप्लायर्समा छापा मारिएको राजश्वका अधिकारीहरूको भनाइ छ ।

मोरङलगायतका कोशी प्रदेशका सीमा नाकाबाट नेपाल प्रहरीको मिलेमतोमा तस्करहरूले व्यापक मात्रामा तस्करीका सामान वारपार गर्न थालेका छन् । यसबाट दैनिक करोडौंको राजश्व छली त भएकै छ, सीमा सुरक्षामा पनि गम्भीर चुनौती देखा पर्न थालेको छ ।

मोरङबाट अहिले हुण्डी, सट्टेबाजी, जुवा, सुनचाँदी तथा कपडा, खाद्यान्न, रक्सी र गिट्टी बालुवा लगायतको तस्करी फस्टाएको बताइएको छ । सुनसरीमा भर्खरै गएका समेनन्द बज्रचार्यमा पनि काठमाडौ आइपुगेर आपूmले राम्रो काम गरेको रिपोटिङ गरेका थिए । उनले आफू गएपछि लागु औषध गाँजा तस्करी रोकेको भन्दै मूख्यालयमा रिपोर्ट गरेका थिए । तर उनको क्षेत्रमा पनि केही दिन यत तस्करी बढेको स्रोतको दाबी छ ।

सुनसरीको विभिन्न नाकाबाट सुन, कपडा, गाँजा, गाईगोरु, खाद्यान्न, मोटरपार्टस, भाडा, सुर्तीजन्य पदार्थ, सौन्दर्य प्रशाधन लगायतको ठुलो तस्करीको लाईन खुलेको हो । भारतसँग सीमा जोडिएका सुनसरीका विभिन्न नाकाबाट दैनिक लाखौं रुपैयाँ बराबरको सुन, कपडा, गाँजा, गोरु, खाद्यान्न, मोटरपार्टस, भाडा, सुर्तीजन्य पदार्थ, सौन्दर्य प्रशाधन सिमेन्ट, चिनी, लत्ताकपडा लगायतका सामानहरू भन्सार छली गरी नेपाल भित्रने गरेको छ ।
महोत्तरीको रघुनाथपुर अर्को तस्करीको नाका हो । त्यहाँ महेश खरेल डिएसपी रहेका छन् कोषराज वन्तको पालामै दुई कार्यकाल विओपी कमाण्ड गरेका खरेललाई विशेष रुचीमा त्यहाँ पठाइएको हो । उनले रघुनाथपुरलाई तस्करीको हब बनाएको भन्दै मधेश प्रदेशको कार्यालयमा उजुरी समेत परेको छ । उनलाई त्यहाँ कसको रुचीमा पठाइयो भन्ने बारेमा केही खुलेको छैन ।

रौतटहका एसपी विक्रम हुँमागाँइले राजश्व उठाउने वचनबद्धता व्यक्त गरेर फर्केका छन् । उनी गएको केही दिनदेखि नै लाइन खुला गरेको भन्दै सशस्त्र प्रहरी मूख्यालयले सोधपुछ गरेको थियो ।

मुख्यालयले कपिलवस्तु र नवलपरासीमा सीमा कमाण्ड गरिरहेका एसपीहरुलाई भने बोलाएको थिएन । उनीहरुलाई पनि किन छुटाइएको भन्दै मूख्यालयमा चासो राखिएको स्रोतले जनाएको छ ।दृष्टिबाट

Previous Post

केजरीवाललाई १५ दिन न्यायिक हिरासतमा राख्न आदेश

Next Post

आतंककारी च्यानल भन्दै इजरायलले अल जजिरालाई प्रतिबन्ध लगाउने

admin

admin

Next Post
आतंककारी च्यानल भन्दै इजरायलले अल जजिरालाई प्रतिबन्ध लगाउने

आतंककारी च्यानल भन्दै इजरायलले अल जजिरालाई प्रतिबन्ध लगाउने

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

July 14, 2025
सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

July 14, 2025
अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

July 13, 2025
शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

July 13, 2025
जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

July 13, 2025
प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

July 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.