१८ चैत,पर्सा । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १५ लक्ष्मणवास्थित मठ नजिक रहेको एक घरमा जिल्ला प्रहरी कार्यालय पर्साले छापामारी गरि ठूलो मात्रामा कम्प्युटर लगायतका इलेक्ट्रोनिक सामग्री र ३ जना विदेश (चाइनिज) नागरिकहरूलाई नियन्त्रणमा लिएको छ
छापामारी गरि पर्सा प्रहरीले ३ जना विदेश (चाइनिज) नागरिकहरूलाई नियन्त्रणमा लिई आज पत्रकार सम्मेलन मार्फत पर्सा प्रहरीले सर्वाजनिक गरेका छन् ।
पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेल नेतृत्वमा छापामारी गर्न पुगेको प्रहरी टोलीले त्यहाँबाट ठूलो मात्रामा कम्प्युटर लगायतका इलेक्ट्रोनिक सामग्री समेत बरामद गरेको पत्रकार सम्मेलन मार्फत सर्वाजनिक गरेका छन् ।
प्रहरीका अनुसार उक्त गिरोहले भाडामा घर लिएर अवैध रूपमा अन्तर्राष्ट्रिय कल–एसएमएस बाइपास गर्नुका साथै अन्य साइबर अपराध सम्बन्धी गतिविधि गर्दै आएका थिए ।
गिरोहका थप व्यक्ति पनि रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । केही महिनाअघिदेखि चिनियाँ नागरिकहरू वीरगञ्जमा बसेर कल बाइपास गरी नेटवर्किङ गर्दै आएको प्रहरीको आशंका थियो ।
बरामद गरिएका सामानहरूः-
कम्प्युटर डेक्सटप CPU- १२०, मनिटर-११८ थान, पासपोर्ट थान-३, मोबाईल-३५ थान,.भारतीय Geo Sim card-१३ थान, ल्यापटप- ४ थान, प्रिन्टर-१ थान, विभिन्न बैंकहरूका ATM CARD-३ थान Keyboard-२६ थान Internet Switch-५ थान, WiFi Router-२ थान, Mini Inverter-२ थान, BR01CX 5792 नम्बरको I20 गाडी, प्र.२-०३-०११ प १३६७ नम्बरको मो.सा.१ थान समेत । बिभिन्न देशका मुद्राहरू (मलेशियन ३७ रिंगिट,नेपाली ५०० दरका नोट ८६ पिस गरी रू.४३,०००।– ( त्रिचालीस हजार, कम्बोडियन -३५००),
पक्राउ परेका अभियुक्तहरू
नामथरः- LIU GUI CAI, उमेरः-३३ वर्ष, ठेगानाः-HUNAN CHINA, पक्राउ स्थानः-जि.पर्सा वी.म.न.पा.वडा नं.१५, नामथरः- WANG BOHAN, उमेरः-२६ वर्ष, ठेगानाः- HUBEI CHINA, पक्राउ स्थानः- जि.पर्सा वी.म.न.पा.वडा नं.१५, नामथरः- XIANG XIAO, उमेरः-३६ वर्ष, ठेगानाः-HUBEI CHINA,सबै अभियुक्तलाई वी.म.न.पा.वडा नं.१६ बाट पक्राउ गरिएकाे बताईन्छ ।
प्रतिक्रिया दिनुहोस् !