Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

आरती हत्या प्रकरण- सासू जनकपुरबाट पक्राउ

admin
admin
March 17, 2024
आरती हत्या प्रकरण- सासू जनकपुरबाट पक्राउ
300
SHARES
ShareTweetSubscribe

४ चैत बारा । धनुषाकी आरती साहको मृत्यु प्रकरणमा उनकी सासू रेणुदेवी साहलाई प्रहरीले पक्राउ गरेको छ।

रेणुलाई आज अपराह्न साढे ४ बजे जनकपुरधाम उपमहानगरपालिका-४ मुरलीचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रन्जन अवाले जानकारी दिए।

डिएसपी अवाका अनुसार उनलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरिएको हो।

आरती साह गत जेठ ७ गते जनकपुर उपमहानगरपालिका-९ थापाचोक स्थित श्रीमानको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। त्यसपछि आरतीको माइती पक्षले उनका श्रीमान मोतिबाबु, ससुरा मदनमोहन, सासू रेणुदेवी र देवर रवि साहविरूद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए।

असार ३ गते भएको थुनछेक बहसपछि जिल्ला अदालत धनुषाले दुवैलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर उच्च अदालत जनकपुरले प्रमाण नपुगेको भन्दै असोज १८ गते आरतीका श्रीमान मोतिबाबु र ससुरा मदनमोहनलाई साधारण तारेखमा छोड्न आदेश दिएको थियो।

त्यसपछि आरतीका माइती पक्ष सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले मंसिर २० गते आरतीका श्रीमान मोतिबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
घटनाकै अनुसन्धानका लागि फागुन २४ गते आरतीका देवर रविलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसयता रेणु भने फरार रहेको बताइएको थियो।

आरतीले आत्महत्या गरेको भनिए पनि उनको माइती पक्षले हत्या भएको भन्दै सत्यतथ्य छानबिनको माग राखी असार १ गतेदेखि काठमाडौं, माइतीघरमा धर्नामा थिए। गत फागुन २९ गते मात्र गृह मन्त्रालय र आरती साहको माइतीबीच पाँच बुँदे सहमति भएको थियो।

आरतीको कर्तव्य ज्यान सम्बन्धी हाल अदालतमा विचाराधीन मुद्दालाई समेत मध्यनजर गरी प्राप्त हुन जाने थप प्रमाणहरू कानुन बमोजिम अदालतमा पेस गर्ने गरी थप अनुसन्धान गर्न नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको टोली खटाउने सहमति भएको थियो।

अनुसन्धान टोलीले आरतीको परिवारसँगको समन्वयमा अनुसन्धान गर्ने र कार्य प्रारम्भ गरेको ४५ दिनभित्र प्रतिवेदन पेस गर्ने भनिएको छ। अनुसन्धान गर्दा चार वटा विषयमा केन्द्रित गर्ने सहमति पत्रमा उल्लेख छ।

सहमतिको पाँच बुँदामध्ये पहिलोमा कर्तव्य ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानमा भएका कमीकमजोरी सम्बन्धमा अनुसन्धान गर्ने उल्लेख छ।

दोस्रोमा आरतीको परिवारमाथि प्रहरीबाट भएको कुटपिट एवं दुर्व्यवहारका सम्बन्धमा पनि अनुसन्धान गर्नुपर्ने कार्यदेश दिइएको थियो।

तेस्रोमा घटना सम्बन्धमा नेपाल मेडिकल काउन्सिल र राष्ट्रिय मानव अधिकार आयोगबाट सार्वजनिक भएको प्रतिवेदन विषयलाई समेत अध्ययन गर्ने भनिएको छ। घटनाका सम्बन्धमा तयार भएका चिकित्सकीय प्रतिवेदनहरू अध्ययन गर्ने पनि भनिएको छ।

उक्त अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा कानुनबमोजिम पुनः अभियोजन गर्ने सहमति भएको थियो।

चौथोमा गृह मन्त्रालयले आरतीको परिवारलाई आर्थिक सहायता प्रदान गर्न आवश्यक सहजीकरण गर्ने सहमति भएको थियो।

र, अन्तिममा आरतीको परिवारबाट भइरहेको आन्दोलन कार्यक्रम मंगलबारबाट फिर्ता लिने सहमति भएको थियो।

सहमतिपछि आरतीको परिवार धर्ना रोकेर घर फिर्ता गएको थियो।

Previous Post

पक्राउपर्ने पुर्व सुचना पाएर ढाेंगी काली कम्बल वाले बाबा फरार, आयोजकलाई समात्न खोज्दा झडप

Next Post

रुसी राष्ट्रपतिमा पुटिनको जित सुनिश्चित

admin

admin

Next Post
रुसी राष्ट्रपतिमा पुटिनको जित सुनिश्चित

रुसी राष्ट्रपतिमा पुटिनको जित सुनिश्चित

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकार फणि महतको निधन

पत्रकार फणि महतको निधन

May 14, 2025
दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको  दाबी

दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको दाबी

May 13, 2025
राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

May 12, 2025
कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

May 12, 2025
खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

May 12, 2025
मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटेर भन्ने सरकारले साहुकार बचाउन लागे,पिडितहरूकाे लागि गृह मन्त्रालयकाे ढाेका बन्द छ

मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटेर भन्ने सरकारले साहुकार बचाउन लागे,पिडितहरूकाे लागि गृह मन्त्रालयकाे ढाेका बन्द छ

May 12, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.