२६ फागुन,बारा । बाराकाे मटिअर्वा नाकाबाट कवाडकाे नाममा अन्य बस्तुहरूकाे व्यापक तस्करी भइरहेकाे छ ।
<span;>शसस्त्र प्रहरी बल नेपाल (प्रस्ताबित ) सिमा सुरक्षा गुल्म मटिअर्वा बाराकाे सेटिंडमा साे तस्करी भईरहेकाे स्थानिएले बताएका छन ।
गुल्मकाे पछाडीपटि रहेकाे कवाडकाे गााेदामबाट नेपाल भरिबाट संकल्लन हुने कवाड ठेलामा भारत तर्फ गत बुधवारबाट लाने गरकाे बताईन्छ । नेपालबाट कबाड लाने तर भारतकाे आदापुरबाट ठेला फर्किनेबेलामा सटिंड सुटंगका कपडा,काजु,किसमिस,सुर्ति,हार्डवेयरका समान र माेवाईलका समानहरू भित्रेयाउने गरेकाे बताईन्छ ।
भारतिय नागरिक मनेजामिलले संचालन गरेकाे कवाडमा नेपाली तस्करहरूले भारतबाट उनले प्रयाेग गर्ने ठेलामा रातिकाे समयमा ती सामानहरू निर्वाधरूपले भित्र्याउने गरेका छन ।
चारदिन देखि चलेकाे तस्करिकाे कामले गुल्मका डिएसपि शसस्त्र बाराका एसपि र नेपाल प्रहरिका स्थानिय कमाण्डर मालामाल बनेका छन । याे बिचमा नेपाल प्रहरिका एसपी बिदामा भएकाे भएपनि क्राईम र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिने प्रहरि हवल्दार घनस्याम मिश्रले रकम बुझेकाे बताईन्छ ।
यश बिषयमा शसस्त्र प्रहरिका बारा उपरिक्षककाे माेबाइल नम्बबर ९८५१२ ७२११० मा सम्पर्क गर्दा सम्पर्क हुन सकेन र मटिअर्वा स्थित गुल्म प्रमुखकाे ९८५१२७२३२५ मा सम्पर्क गर्दा फाेन लागेन । स्मरणरहाेस शसस्त्र प्रहरिकाे डिआईजी र एसपिकाे नाममा कलैयाका एक तिवारी थरका तस्करले रकम संकल्न गरिरहेका छन ती तस्करले मशलाकाे कारखाना खाेलेपनि उनकाे कारखाना सम्म अबैध बाटाेबाट आउने भारतिय तस्करिकाे मशला नै रहेकाे बताईन्छ ।
प्रतिक्रिया दिनुहोस् !