२६ फागुन, काठमाडौं । मैत्रीपूर्ण टी-२० आई को पहिलो खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको छ ।
२१३ रनको लक्ष्य पच्छ्याएको नेपाल १६ दशमलव ४ ओभरमा १३९ रनमा अलआउट भयो ।
नेपालका लागि विनोद भण्डारीले ४२, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
प्रतिक्रिया दिनुहोस् !