Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

मेरो लक्ष्य सत्ता होइन, सुशासन र समृद्धि हो: प्रधानमन्त्री 

admin
admin
March 7, 2024
मेरो लक्ष्य सत्ता होइन, सुशासन र समृद्धि हो: प्रधानमन्त्री 
450
SHARES
ShareTweetSubscribe

२४ फागुन,काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो लक्ष्य सत्ता हुने नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको बताएका छन्।

संसदमा उठेका महत्त्वपूर्ण विषयमा बिहीबार जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गठबन्धनका सबै घटकका तर्फबाट आफू सुशासन कायम गर्ने कार्यमा प्रतिबद्ध रहेको बताए।

मलाई विश्वास छ, हामीले एकै ठाउँमा उभिएर शासनका लक्ष्यहरू हासिल गर्नेछौं,’ प्रधानमन्त्री प्रचण्डले भने,‘गठबन्धनका सबै घटकका तर्फबाट म संकल्प गर्दछु, हाम्रो लक्ष्य सत्ता हुने छैन, सुशासन, सामाजिक न्याय र समृद्धि हुनेछ।’

आफूले सरकारको गतिसँग असन्तुष्ट छु भनेर पटक/पटक भनेको स्मरण गर्दै प्रधानमन्त्रीले आउँदा दिनमा सरकारका काम र परिणामबाट प्रमाणित हुने विश्वास व्यक्त गरे।

मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भए पनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्र निर्माणमा लाग्ने? मैले दोस्रो विकल्प रोजेँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यो कति जोखिमपूर्ण थियो र छ, पछिल्ला दुई दिनका घटनाक्रमले देखाइरहेका छन्। अब यो कति परिणामुखी हुन्छ, त्यो पनि विश्वासको मत लिने बेलासम्म प्रारम्भिक रूपमा प्रमाणित भइसक्ने मेरो विश्वास छ।
आफूले चालेका कदम देश र जनताको हितमा रहेको प्रधानमन्त्रीको जिकिर छ। उनले भने, ‘कसैलाई मेरो कदम अस्थिरता लाग्न सक्छ, कसैलाई गतिशीलता तर यसको केन्द्रमा म छैन, मेरो पद छैन, देश र जनताको हित छ।’

रूस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको छ’ 

प्रधानमन्त्री प्रचण्डले  रूसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको र रूस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको बताएका छन्।

संसदमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले रूसी सेनामा नेपाली नागरिकलाई भर्ना नगर्न र भर्ना भएकालाई नेपाल फिर्ता गर्न कुटनीतिक दबाब बढाइएको बताए।

प्रधानमन्त्री प्रचण्डले रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकको शव स्वदेश फिर्ता ल्याउने, मृतकका परिवार तथा घाइतेलाई क्षतिपू्र्ति उपलब्ध गराउने र युक्रेनी सेनाले बन्धक बनाएका नागरिकलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा सम्बन्धित देशका अधिकारीसँग संवाद भइरहेको जानकारी गराए।
पछिल्लो समयमा क्षतिपूर्ति र विमा रकम नेपाली राजदुतावासको खातामा जम्मा गरी कन्सुलर सेवा विभागमार्फत् पीडित परिवारलाई उपलब्ध गराउन रूस सरकार सहमत भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अध्ययन छात्रवृति तथा पेशा व्यवसायमा संलग्नबाहेकका नागरिकले रूस यात्रा गर्नु परे ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको छ।’

Previous Post

विदेशमा रहेका नेपालीलाई सस्तो डाटा रोमिङ सेवा दिँदै टेलिकम

Next Post

अपहरणमा परेका ४ वर्षीय बालकको सर्लाही प्रहरीद्वारा उद्धार, एक जना पक्राउ

admin

admin

Next Post
अपहरणमा परेका ४ वर्षीय बालकको सर्लाही प्रहरीद्वारा उद्धार, एक जना पक्राउ

अपहरणमा परेका ४ वर्षीय बालकको सर्लाही प्रहरीद्वारा उद्धार, एक जना पक्राउ

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

July 14, 2025
सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

July 14, 2025
अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

July 13, 2025
शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

July 13, 2025
जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

July 13, 2025
प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

July 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.