२३ फागुन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयसहित चार मन्त्रालय लिने भएको छ । बुधबार दिउँसो बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा रास्वपाले चार मन्त्रालय पाउने सहमति जुटेको बताइएको हो ।
स्वपाका एक नेताले गृहसहित चार मन्त्रालय लिने सहमति भएको बताए । उनका अनुसार गृहसहित श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय रास्वपालाई दिने गठबन्धनबीच सहमति भएको छ ।
मन्त्री बाँडफाँडका लागि सहमति जुटाउने भन्दै बुधबार गठबन्धनको बैठक बसेको थियो । तर, गठबन्धनमा सहभागी अरु दलले के कति मन्त्रालय पाउने भन्ने कुनै टुंगो भएको छैन ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउन जुटेका छन् । त्यसका लागि मंगलबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न प्रचण्ड र ओली नेपाल निवास कोटेश्वर पुगेका थिए ।
तर, माधव नेपालले पार्टीका छलफल गरेर मात्र निर्णय गर्ने बताएका थिए । सोही अनसार अहिले एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ ।
प्रतिक्रिया दिनुहोस् !