२३ फागुन, बारा । धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
रुपन्देहीबाट काठमाडौं जादै गरेको बस त्रिशूलीमा खस्दा ५ जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए ।
सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस बिहान ४:४१ बजे सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा खसेको हो ।
बसमा कति जना यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । दुर्घटनास्थलबाट ३८ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सन्तु जैसवालले जानकारी दिए ।धादिङका डिएसपी जैसवारका अनुसार दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ३८ जनाको जीवितै उद्धार गरिएको छ।
केही यात्रुहरू अझै नदीमा बेपत्ता भइरहेको उनले बताए।
दुर्घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी १ सय जनाभन्दा बढी सुरक्षाकर्मी उद्धारमा खटिएको उनले बताए।
<span;>बस आफैं अनियन्त्रित भएर सडकबाट खसेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
बस चालक लुम्बिनी संस्कृति नगरपालिका-९ का हरि राम रहेको र उनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको डिएसपी जैसवारले बताए।
प्रतिक्रिया दिनुहोस् !