२२ फागुन,काठमाडौं । नेकपा एकीकृत समाजवादीलाई एमालेसहितको गठबन्धनमा सहभागी हुन औपचारिक प्रस्ताव गरिएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको निवास कोटेश्वरमा मंगलबार साँझ भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा सहभागी हुन औपचारिक प्रस्ताव गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले नेपाललाई एमाले अध्यक्ष ओली सँगै कोटेश्वर आउने जानकारी गराएका थिए । त्यसको केहीबेरमा प्रचण्ड र ओलीे माधव नेपाल निवास कोटेश्वर पुगेका थिए । प्रचण्ड र ओलीसँगै एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि माधव नेपालको निवासमा पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस् !