२१ फागुन,काठमाडौं । नेकपा एकीकृत समाजवादीले नयाँ सत्ता समीकरणबारे तत्काल कुनै निर्णय नगर्ने भएको छ ।
सचिवालय बैठकपछि महासचिव घनश्याम भुसालले एक विज्ञप्ति जारी गर्दै अहिले आफूहरू पर्ख र हेरको अवस्थामा रहेको जानकारी दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ-‘ प्रधानमन्त्री नयाँ निर्णय लिएसँगै मुलुकमा फेरि अर्को राजनीतिक समीकरणमा प्रवेश गरेको छ । नयाँ समीकरणको उद्देश्य, पक्रिया र संरचना अझ स्पष्ट भइसहेको छैन । तसर्थ प्रधानमन्त्रीले लिएको निर्णयका उद्देश्य, पक्रिया र संरचनाका बारेमा सबै विषय अगाडि आएपछि तीनको गुण–दोषको आधारमा नेकपा एकीकृत समाजवादीले आफ्ना नीतिहरू स्पष्ट पार्नेछ ।’
प्रतिक्रिया दिनुहोस् !