१८ फागुन,बारा । प्रहरीले सर्लाहीबाट स्रोत नखुलेको १४ लाख १० हजार रुपैयाँ नगद बरामद गरेको छ।
सर्लाही लालबन्दी-१४ स्थित लखन्देही खोलामा प्रहरी चौकी पथ्थरकोटबाट खटिएको गस्ती टोलीले स्राेत नखुलेकाे रकमसहित एक जनालाई पक्राउ गरेकाे हाे।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीले प्र.२-०३-०११ प ८३५७ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकलमा अवैध रूपले स्रोत नखुलेको १४ लाख १० हजारसहित एक जनालाई पक्राउ गरिएकाे बताए।
एसपी ज्ञवालीका अनुसार पक्राउ पर्नेमा माेटरसाइकल चालक जिल्ला सर्लाही लालबन्दी- १४ बस्ने ४६ वर्षीय धनबहादुर पाख्रिन छन्।
पक्राउ परेका पाख्रिनलाई इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीमा ल्याई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् !