१६ फागुन,पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजक भन्दा बढी सामान लोड रहेको मिनी ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली चोकस्थित सडकखण्डबाट प्रहरीले प्रदेश ०३–००१ख०३३० नम्बरको मालवाहक मिनी ट्रक नियन्त्रणमा लिएको हो ।
वीरगञ्जबाट हेटौडातर्फ जाँदै गरेको मिनी ट्रक चेकजाँच गर्ने क्रममा बिलबिजक शंकास्पद देखिएको जिल्ला प्रहरि कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।
प्रवक्ता थापाकाअनुसार उक्त मिनीट्रकबाट १६ लाख ७४ हजार ४०५ रुपैयाँ बराबरको मालबस्तु पनि नियन्त्रणमा लिइएको छ । मिनीट्रकलाई सामग्रीसहित आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
प्रतिक्रिया दिनुहोस् !