१२ फागुन,पर्सा । समाजवादी प्रेस संगठन नेपाल पर्साको वनभोज तथा प्रमाण पत्र वितरण कार्यक्रम सुक्रबार सम्पन्न भएको छ । मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिकास्थित त्रिखण्डी वनभोज स्थलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका केन्द्रिय अध्यक्ष बिश्वमणि सुवेदीले संगठनले श्रमजिवि पत्रकारको हितमा काम गर्नुपर्ने बताए ।
उनले पर्सा जिल्ला समितिले आफ्ने क्रियाशिलता राम्रो प्रस्तुत गरेको भन्दै खुशी व्यक्त गर्दै संगठनले अब महासंघको निर्वाचन केन्द्रित गतिविधिमा लाग्न आग्रह गरे । अध्यक्ष सुवेदीले पर्सा संगठनको विषयमा केही हल्लाहरु भएपनि कुनै समस्या नरहेको स्पष्ट पारे । उनले संगठनको नाम, छाप र लेटर प्याड दुरुपयोग गर्ने विरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालमा कारवाहीको लागि पत्रचार समेत गरिसकिएको जानकारी गराए ।
कार्यक्रममा माघ १२ गते सम्पन्न विशेष जिल्ला अधिवेशनबाट निर्वाचित शम्भु कुमार सुमन नेतृत्वको कार्यसमितिलाई प्रमाण पत्र तथा परिचय पत्र समेत वितरण गरिएको संगठन पर्साका सचिव विनोद पटेलले जानकारी दिए ।
संगठनका पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का वीरगञ्ज महानगर अध्यक्ष मनोज चौधरी, समाजवादी प्रेस संगठन नेपालका महासचिव राम कुमार एलन, संगठनका केन्द्रिय सचिव वृजलाल पासवान, सचिवालय सदस्य रेविन्द्र कार्की, केन्द्रिय सदस्य एवम् मधेश प्रदेश सचिव रमेश सुवेदी, केन्द्रिय सदस्यद्वय मनोज पटेल, अफरोज अर्पन, संगठनका मकवानपुर अध्यक्ष शिव चौलागाई, चितवन सचिव पुर्ण बहादुर मगर लगायतको सहभागिता रहेको थियो ।
समाजवादी प्रेस संगठन नेपाल पर्साको आयोजनामा भएको कार्यक्रमको सञ्चालन संगठन पर्साका सह सचिव श्याम कुमार सर्राफले गरेका थिए । सोही कार्यक्रममा संगठन पर्साका निर्वतमान अध्यक्ष एवम् केन्द्रिय सदस्य मनोज पटेललाई संगठनले दिएको जिम्मेवारी अनुसार विशेष अधिवेशन कुशलता पुर्वक सम्पन्न गरेको भन्दै प्रशंसा पत्रले सम्मान समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस् !