२० माघ,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका प्रमुख नायब महानिरीक्षक (डीआईजी)अर्जुन चन्द ठकुरीले राजीनामा दिएका छन् ।
ठकुरीले आज राजीनामा दिएका हुन् । उनले गत बैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए ।
विमानस्थ सुरक्षा प्रहरी कार्यालयका एक उच्च अधिकारीका अनुसार डीआईजी चन्दको राजीनामा प्रक्रिया अघि बढिसकेको छ । उनको राजीनामाको कारण खुलिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस् !