Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

नक्कली छोरी बनाएर नागरिकता बनाईदिएकाे भन्दै बीरगञ्जका मेयर सिंह बिरूद्व उजुरी

admin
admin
January 9, 2024
नक्कली छोरी बनाएर नागरिकता बनाईदिएकाे भन्दै बीरगञ्जका मेयर सिंह बिरूद्व उजुरी
550
SHARES
ShareTweetSubscribe

२४ पुस,बारा ‌। नक्कली बुबा बनेर अर्कैकी छोरीलाई नागरिकता दिलाएको आरोपमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध उजुरी परेको छ ।

मेयर सिंहविरुद्ध कांग्रेस नेता  महमद सहाबुदिनले आज जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएका हुन् । उनले मेयर सिंहकी पत्नी अन्नपूर्णा मानन्धरलाई पनि विपक्षी बनाएका छन् ।
मेयर सिंह र उनका पत्नी मानन्धरको दाम्पत्य जीवनबाट एकमात्र छोरा ३० वर्षीय अनिशमान सिंहको जन्म भएको छ ‌। तर रुविना श्रेष्ठ नामकी छोरी हो भन्दै बुवा बनेर मेयर सिंहले नागरिकता बनाइदिएका हुन् । यो कुरा बाहिरिएपछि मेयर सिंह र उनका पत्नी मानन्धरलाई समेत विपक्षी बनाएर नेता सहाबुदिनले उजुरी दिएका छन् ।

मेयर सिंहले झुठो विवरण पेश गरी रुविना श्रेष्ठलाई छोरी बनाएर २०७१ असोज २० मा वडा नम्बर ३ बाट जन्मदर्ता र २०७५ साउन १३ मा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाएको उजुरीमा दावि गरिएको छ ।
रुविनाको जन्ममिती २०५९ असार ३० राखिएको छ । जन्म भएको १२ वर्षपछि जन्मदर्ता बनाएकाले पनि नक्कली रहेको उजुरीकर्ता सहाबुदिनको दावि छ । उनले भनेका छन्, ‘झुठो विवरणका आधारमा बनाएको जन्मदर्ताको रेकर्ड वडा नम्वर ३ को कार्यालयमा माग्दा वडाध्यक्ष र सचिवले रेकर्ड हराईसकेको भन्ने गर्छन् ।’

रुविनाको नागरिकता नम्वर ३४– ०१–७५–०४८४७ छ । नागरिकता जारी गर्दा मेयर सिंह बुबाको रुपमा सनाखत गरेको पनि दावी गरिएको छ ।

रुविनाको जन्म काठमाडौंमा नाम थाहा नभएको भट्टराई थरका आमा–बुवाबाट भएको छ’, उजुरीकर्ता सहाबुदिनको दाबी छ, ‘मेयर सिंह थरका छन् । उनका पत्नी मानन्धर थरका र छोरा सिंह थरका । तर छोरी कसरी श्रेष्ठ थरको भयो ? यसले पनि नक्कली बुवा बनेको देखिन्छ ।’
नागरिकता सनाखत गर्ने व्यक्तिको नाउँमा राजेशमान सिंह र निजको नागरिकता नम्वर ३४– १६०३१८८१७ उल्लेख छ । अर्को महत्वपुर्ण कुरा के छ भने रुविनाको नागरिकतामा आमाको नाउँ उल्लेख छैन । त्यसबाट पनि झुटो विवरण पेश गरी नागरिकता बनाउन लगाएको सजिलै अनुमान गर्न सकिन्छ– उजुरीमा उल्लेख छ ।

नागरिकता लिएको चार वर्षपछि २०७९ साउन २४ मा रुविनाले जिल्ला प्रशासन कार्यालयबाट पासपोर्ट बनाएकी थिइन् । उनको पासपोर्ट नम्बर ११०३९६१७ छ । स्रोतका अनुसार उनी विदेशमा छिन् ।

उजुरीमा सहाबुदिनले आवश्यक छानविन गरी नक्कली बुबा बनेका मेयर सिंहलाई कानून बमोजिम हदैसम्मको कारबाही र जारी भएको नक्कली नागरिकता र राहदानी खारेज गर्नुपर्ने माग गरेका छन् ।

Previous Post

काठमाण्डाैबाट तपस्वी रामबहादुर बम्जन पक्राउ

Next Post

पाँच वर्षमा देशभरका यातायात कार्यालयबाट १ लाख नक्कली लाइसेन्स

admin

admin

Next Post
पाँच वर्षमा देशभरका यातायात कार्यालयबाट १ लाख नक्कली लाइसेन्स

पाँच वर्षमा देशभरका यातायात कार्यालयबाट १ लाख नक्कली लाइसेन्स

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

July 14, 2025
सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

July 14, 2025
अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

July 13, 2025
शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

July 13, 2025
जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

July 13, 2025
प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

July 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.