२४ पुस,बारा । कर छलीको ४७ किलो चाँदीसहित काठमाडौँको विभिन्न स्थानबाट तीन जना पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले भोटेबहाल र कोटेश्वरबाट ४७ किलो चाँदी र गरगहनासहित बाराको कलैया उपमहानगरपालिका निवासी कामेश्वर साह, पर्साको वीरगञ्ज महानगरपालिका निवासी सुमनकुमार सर्राफ र बाराको विश्रामपुर गाउँपालिका निवासी मनिस सर्राफलाई पक्राउ गरेको हो ।
वीरगञ्ज । कर छलीको ४७ किलो चाँदीसहित काठमाडौँको विभिन्न स्थानबाट तीन जना पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले भोटेबहाल र कोटेश्वरबाट ४७ किलो चाँदी र गरगहनासहित बाराको कलैया उपमहानगरपालिका निवासी कामेश्वर साह, पर्साको वीरगञ्ज महानगरपालिका निवासी सुमनकुमार सर्राफ र बाराको विश्रामपुर गाउँपालिका निवासी मनिश सर्राफलाई पक्राउ गरेको हो ।
उपत्यकाका विभिन्न ठाउँमा राजस्व छलेर बिल–बिजक विना चाँदीका गरगहनाहरू भण्डार गरी बिक्री गर्ने गरेको भन्ने सूचनाकाे आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।
पक्राउ परेका तीन जनालाई राजस्व छलीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् !